Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज दोहा कतारले अध्यक्षलाई बिदाई गर्यो

Published on 4:15:00 AM //

कुमार अविरल पन्थी
दोहा, कतार । रोजगारीको सिलसिलामा कतारमा लामो समय देखि रहदै आउनु भएका समाज सेवी एवम गुल्मी सेवा समाज दोहा कतारका अध्यक्षलाई गत मंगलबार एक कार्यक्रमका बिच सस्थाले बिदाई गर्यो ।
दोहाको टप फर्म रेस्टुरेन्टमा आयोजना गरिएको बिदाई कार्यक्रममा बिजय बस्नेतको सभापतित्व, यज्ञमूर्ति खरेल प्रमुख अतिथी, साथै बिशेष अतिथि भरत सापकोटा, अतिथिहरु शिब खड्का, शिव गौतम, मिना खड्का, रामप्रसाद घिमिरे, झबिन्द्र आचर्य रहनु भएको थियो । उक्त कार्यक्रममा कतारवासी गुल्मेली एवम गैर गुल्मेलीको उपस्थिति रहेको थियो । लामो समय सम्म दोहामा रहेर समाज सेवा गर्दै आउनु भएका समाज सेवी सापकोटा कतार नफर्कने गरि नेपाल जान लाग्नु भएकोले उहालाई सम्मान एवम बिदाई गरिएको थियो ।
सस्थाको साधारण सदस्य बाट सचिवालायाको कारोभार सम्हाल्नु भएका उहाले पछिल्लो समयमा सस्थाको अध्यक्ष पदमा रहेर काम गर्दै आउनु भएको थियो । विदाई कार्यक्रममा प्रमुख अथिति तथा सस्थाका संरक्षक यज्ञमूर्ति खरेलले सापकोटाले सस्थालाई दिनु भएको सेवा भाब लगनसिलता साथै उहाको कार्यकालमा सस्थाले निकै फड्को मारेको र सस्थामा उहाको कार्यकालले के कस्ता कामहरु गर्यो लगायत बिबिध गतिविधिहरुको बारेमा बोल्नु भएको थियो । तेस्तै कार्यक्रममा बोल्दै शिव खड्काले भन्नु भयो सापकोटाले सस्थालाई दिनु भएको योगदानको कदर गर्दै सस्थाले एक होनाहार समाज सेवी लाई बिदाई गरेको र सस्थाले यस्ता समाज सेवी लाई पाउन निकै गार्हो पर्ने कुरा बताउनु भएको थियो । साथै बिदाई कार्यक्रममा बोल्दै सापकोटाले भन्नुभयो., म तपाईहरु बाट टाढा भए पनि सस्था बाट टाढा नरहने जुन ठाउँमा रहेपनि गुल्मी सेवा समाजको नजिकै रहने बताउनु भयो । सस्थाले मलाई धेरै कुरा सिकायो म दोहामा आउदा सुनेको थिए कतारमा पनि गुल्मी सेवा समाज छ रे !
सानैदेखी क्लब,सामाजिक संघसस्थाहरुमा रुचि राख्ने म रोजगारीको सिलसिलामा कतार मा आए गुल्मी सेवा समाज छ भन्ने सुनेपछि मलाई पनि गुल्मी सेवा समाजको सदस्यता लिन मन लाग्यो र सस्थालाई प्रतिनिधित्व गरी रहनु भएका ब्यक्तिलाई सम्पर्क गरि सदस्यता लिएको मैले समाज सेवा प्रति इच्छा,चाहना भएकोले गुल्मी सेवा समाजको सदस्यता लिन पाउदा निकै खुसी लाग्यो । सस्था प्रतिको मोह,समाज सेवामा रुचि बढ्दै गएपछि साधारण सदस्य हुदै सचिब पदमा रहेर काम गर्ने मौका मिल्यो ।
सचिवालयको काम गर्दै जादा सस्था को बारेमा ज्ञान हासिल गर्ने मौका पनि मिल्यो र पछिल्लो समयमा अध्यक्ष पदमा रहेर काम गर्ने मौका पाएको मैले सस्थामा रहेर काम गर्दा अन्य पदाधिकारीहरुबाट पूर्ण रुपमा सहयोग सल्लाह सुझाब पाउदा निकै खुसि लाग्थ्यो । कुनै पनि काम गर्दा उहाहरुको सहयोगले सफल भएको थिए । मैले सस्थालाई चिनाउन, अग्र स्थानमा ल्याउन जानी नजानी जे-जस्ता भूमिकाहरु खेले त्यसमा केही हद सम्म सफल भएको अनुभब छ म संग । गुल्मी सेवा समाज दोहा कतार म जहाँ रहे पनि मेरो समिप्मै रहने छ गुल्मी सेवा समाज दोहा कतार र दोहामा रहेर सस्थामा संगै काम गर्ने साथी भाईलाई कहिले भुल्न सक्ने छैन । गुल्मी सेवा समाज दोहा कतार सदैव उच्च बिन्दुमा लम्की रहोस, मेरो शुभकामना । त्यसैगरी कार्यक्रमका सभापति बिजय बस्नेतलेआफ्नो मन्तब्य एवम उहाको नेपाल बसाई शुखमय रहोस भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नु भएको उक्त कार्यक्रम सचिब कुमार अविरल पन्थीले संचालन गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग