Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विना उज्यालो महशुल तिर्दै पिपलधारावासी

Published on 9:28:00 PM //

प्रेम सुनार 
गुल्मी, ४ पौष । गत असार महिना देखि पिपलधारका केहि वडाका जनताले विना उज्यालो विद्युतको महशुल तिर्न बाध्य भएका छन् । सो गाविसको वडा नम्वर ५ , ६ र ७ का जनताले यस्तो समस्या खेप्दै आएको स्थानियवासी समेत रहेका पिपलधार उप स्वास्थ्य चौकीका अहेव प्रेम खनाले बताए ।
 ‘साँझमा बत्ति त आउँछ तर डिम छ टुकी नवाली हुँदैन् ’खनाले भने–‘ बेकारमा मासिक विद्यतुको विल तिर्न परेको छ र यता टुकी बाल्दा दोहरो मारमा पर्नु परेको छ । ’ पिपलधार गाबिस कार्यालयको बजार क्षेत्रमा त्यस्तो समस्या नभए पनि बत्ति बलेका अन्य वडाहरुमा यस्तो समस्या रहेको अन्य स्थानियवासीले समेत गुनासो गरेका छन् ।
  वडा नम्वर १ र २ का जनताले त अहिले सम्म बत्ति नै वाल्न नपाएको वडा नम्वर २ कि कमला जिसीले बताईन् । त्यसो त छिमेकी गाविस हाडहाडेका जनताले पनि सामुदायिक विद्युतबाट त्यही समस्या खेप्दै आई रहेका छन् । ‘मोवाईल सम्म मुस्कीलले चार्ज गर्न पाईका छौं’ हाडहाडे १ का विष्णु फुल्देलले भने–‘ सामुदायिक विद्युतले त हामीलाई दोहरो मारमा पारेको छ । ’
   यस सम्वन्धमा प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीसंग सम्पर्क राख्दा उनले ति गाविसहरुमा आवस्यक ट्रान्सफर्म पुराउन नसकीएका कारण त्यस्तो समस्या आएको बताए । केन्द्रमा ट्रान्सफर्म खरिद गर्दा न्युन गुण स्तरको आएको भन्दै उजुरी परेपछि रोकीएकोले पिपलधारा लगायतका स्थानमा पुराउन नसकीएको उनले जानकारी दिए । ‘अहिले भने टेन्डर प्रकृया फुकुवा भएको छ –चौधरीले भने –‘  यस चालु वर्ष भित्र त्यहाँ ट्रान्सफर्म पठाउन सकिन्छ । ’
गुल्मीमा विगतमा आएका ट्रान्सफर्म समेत गुणस्तरहिन आएको हुनाले जाडान गरिएका स्थानमा समेत राम्रो काम गर्न नसकेको विज्ञहरु बताउँ छन् । मेनलाईनमा जडान गरिने तार भित्र तामाको हुनु पर्नेमा सिल्टीको भएकोले पट्कीने समस्या बढेको बताईएको छ । क्षेत्र नम्वर ३ का अधिकांस गाविसमा सामुदाययिक विद्युतको बत्ति डिम हुनु र कहिले बल्ने कहिले न बल्ने गर्नुको मुख्य कारण वस्तु शव स्टेशन बन्न नसक्नु हो ।
गत पाँच वर्ष अघि देखि सुरु गरिएको शव स्टेशनको आवास गृह सम्पन्न भए पनि चरम घोटला भएको छ । आवास गृह नसकीदै भत्कीन सुरु गरेको छ भने शव स्टेशन भवन बन्नै सकेको छैन् । चरम लापार्बाही भए पनि ठेकेदारलाई कार्बाही हुन सकेको छैन् ।  क्षेत्र नम्वर ३ का सभाषद पहिला उर्जा मन्त्री छँदा निज ठेकेदारलाई बोलाएर तिन महिना भित्रमा सम्पन्न गर्न निर्देशन दिदै झपारेको तर उनि उर्जा मन्त्री छोडे लगत्तै ठेकेदारले अटेरी गर्न नछाडेको उनका स्वकिय सचिव रहेका एमाले नेता हिरा एसीले बताए ।
भवनका पुरै तलाहरु भत्कीएर वगर जस्तै देखिन्छ भने गारो चर्किएर भवन भित्र पस्न पनि भत्कीने हो कि भन्ने डर छ । राष्ट्रि सतर्कता केन्द्रका प्रमुख लगायतको टोली अवलोकनमा आई चरम लापर्बाही भएको ठहर गरी फर्के पनि ठेकेदार विरुद्ध के कस्तो कार्बाही हुँदै छ भन्ने कुरामा स्थानियवासी अनविज्ञ रहेका छन् । एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर ३ का संयोजक बुद्धि जिसीले राजनैतिक संरक्षण पाएका कारण निज ठेकेदारले उन्मुक्ति पाएको बताए ।  
बाबुराम भट्टराई प्रधान मन्त्री हुँदा निजलाई कालो सुचिमा समेत राखीएको र उहाँले सत्ता छाड्न बित्तिकै त्यो कुरै हराएको जिसीको भनाई छ । उता नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापति दामोदर भुसालले पनि क्षेत्र नम्वर ३ को विद्युतमा चरम लार्बाही भएकोे बताउँदै आएका छन् । केहि महिना अघि मात्र अमरपुरमा बलेको बत्तिको अवस्था पनि पिपलधारावासीको जस्तै रहेको छ । त्यहाँका जनताले हाम्रो पैसा फिर्ता लेउ भन्न समेत थालेका छन् । अर्जै अमरपुर सामुदायिक विधुतिकरण उपभोक्ता समितिका अध्यक्ष लिलबहादुर अधिकारीले ठेकेदारको लार्पबाहीका कारण यस्तो समस्या आएको बताउँदै आएका छन् ।
       

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग