Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन दिन देखि वेवरिसे शव उठन सकेन

Published on 9:27:00 PM //

प्रेम सुनार
गुल्मी, ५ मंसिर । बुधवार वामीटक्सारमा बाटैमा मृत्यु भएका एक वेवरिसे ब्याक्तिको शव अहिले सम्म उठ्न सकेको छैन् । भारतबाट विरामी भई आएको र वोल्नै नसक्ने भएपछि प्रहरीले उनको नाम र घर ठेगना पत्ता लगाउन नसकेको हो ।
वुटवल प्रहरीले पत्र सहित उद्धार गरेर पठाएको ति विरामीको मजुवा प्रहरी चौकीबाट ट्रकमा राखी वामी पठाउने क्रममा बाटैमा मृत्यु भएको थियो । अन्दाजी ५५ वर्षिय उनको शव तम्घास अस्पतालमा रहेको छ ।
कोही आफन्तजन नपाए पछि त्यतिकै अस्पतालमा राखिएको निमित्त जिल्ला प्रहरी प्रमुख ईन्सपेक्टर निशान्त श्रीवास्तवले जानकारी गराए । ‘उनि बाग्लुङ्गको खारा जाने भन्ने कुरा सुनिएको थियो’–श्रीवास्तवले भने –त्यहाँबाट पनि आफन्तजन कोहि नआए पछि समस्या भएको छ । ’ कोही नआए अव उनको शव तम्घास गाविसलाई जिम्मा लगाई शनाखत गर्ने सोचमा रहेको श्रीवास्तवले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग