Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमान श्रीमतीको नाता बच्चा जन्माउने बेलामा दाजु वहिनी

Published on 1:34:00 AM //

विशेषतः हिन्दु समाजमा छोरा छोरीको विवाह गराउँदा अभिभावकले मुख्य ख्याल राख्ने कुरा यो हो कि त्यो युवा ति युवती नुन बार्ने दाजु भाई नपरुन् । त्यो कुरा लगभग सबैजसो धर्मावलम्वीहरुले पनि ख्याल गर्छन् । त्यसैले पनि दुवै पक्षको कुल, गोत्र, नाता आदी राम्ररी बुझेर मात्रै विवाहको कुरा निकालिन्छ । छिमेकी देश चिनका एक जोडीको विवाह पनि त्यसरी नै भएको थियो तर विवाह अघि दाजु वहिनी नपर्ने उनिहरु बच्चा जन्माउने बेलामा आएर सहोदर दाजु वहिनी परे । कसरी भयो त यस्तो ? हामी नपत्याउन सक्छौं तर ति दुबै दम्पतिको डिएनए परिक्षण गराउँदा उनिहरु दाजु वहिनी भएको खुलासा भएको हो ।
चिनको जिझाँगी प्रान्तमा लामो समय अघि देखि वैवाहिक सम्वन्धमा रहेका उनिहरु जव बच्चा जन्माउने अन्तिम बेलामा डाक्टरले डिएनए परिक्षण गर्दा ९९.९ प्रतिशत उनिहरुमा समानता थियो, जुन दाजुभाई दिदीवहिनीमा मात्र हुन्छ । सामाजिक रुपमा उनिहरु दाजु वहिनी होईनन् तर पनि कसरी भयो त यस्तो ? कारण ति पुरुषका बुवा र ति महिलाकी आमा, वा ति महिलाका बाबु र ति पुरुषका आमा विच अवैध सम्वन्धबाट उनिहरु जन्मीए अनि संयोगले उनिहरु विच वैवाहिक सम्वन्ध भयो ।
यस्तो रोचक पक्ष तपाई हाम्रो समाजमा पनि हुन सक्छ । हामी कहाँ त्यस्तो डिएनए परिक्षणको त्यति पहुँच त छैन यदि हुन थाल्यो भने यस्तो तमाम दम्पत्ति वा नतागोता विचमाहुन सक्छ । हामी कहिले काँही भन्ने गछौं नि त्यो केटा वा त्यो केटीको अनुहार उसका बाबुको जस्तो नभई फलानासित ठ्याक्कै मिल्छ । त्यो त केवल अनुमान मात्रै भयो तर डिएनए गराउने हो भने खास त्यो छोरा वा छोरीको न्वारनमा डोरो बानेको बावु नभएर सक्कली बाव ुअरु कोही हुन सक्छ । ख्याल गरौं चिनका ति दम्पत्तीका बाबु आमाको जस्तै फर्दाफास गराई देला डिएनएले परिक्षणले । एजेन्सिको सहयोगमा प्रेम सुनार

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग