Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा रहेका खोटाङेली लागे गुल्मीका श्यामको जिवन रक्षामा

Published on 5:56:00 PM //

प्रेम सुनार
गुल्मी, १२ पुस । सामाजिक सञ्जाल फेशबुक र अनलाईन मिडियाको प्रभाव यस्तो छ कि यसले कसैको जिवन रक्षाका लागि संसारभरका मानिसहलाई सक्रिय पार्दै जान थालेको छ । यसको पछिल्लो उदाहरण हो गुल्मी हस्तीचौर १ जुकेपानीका श्याम घर्ति मगरको जिवन रक्षाका लागि पुर्व खोटाङ्गवासीहरुको समेत सहयोग संकलनमा सक्रियता ।
दोहा कतारमा कार्यरत खोटाङ्गको गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन सुरु भएको राईले जानकारी दिए । ‘हिजो फेशबुकमा शेयर गरिएको गुल्मीन्युज डट कममा प्रकाशित न्युज पढे –‘राईले भने–‘साह्रै मन छोयो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक रुपैयाँका दरले संकलन भए पनि  श्यामको जिवन बाँच्ने बताए ।
  श्याम मुटुले काम नगरेपछि गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा भर्ना भएका छन् भने उनको अप्रेशनका लागि धरौटी राख्ने साढे दुई लाख रुपैयाँ नभएर उनका बाबु कुमार घर्ति गाउँ फर्केर चन्दा उठाउँदै हिडेका छन् ।  उनको सवै जायजेथा बेचे पनि नपुग्ने भए पछि उनले संसार भरका  मानिसहरु  संग छोराको जिवन रक्षाका लागि सहयोगको याचना गर्दै आएका छन् । उनलाई सहयोग गर्न चाहने महानुभावले नेपाल एसबीआईको खाता नम्वर– द्दण्ढज्ञछद्दद्धज्ञद्धण्द्दद्धघढ ल्एच् मा सहयोग रकम राखी दिन सक्नु हुने परिवारले आग्राह गरेका छन् ।  
 त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा  सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ । खोटाङ्गका नेपालीहरुले जस्तै गुल्मी सेवा समाज युईएले पनि श्यामको जिवन रक्षाका लागि सहयोग रकम संकलन गरी रहेको छ । विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता, भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको त्यो जिवन दुहाईको समाचार पढ्ने फुर्सत समेत छैन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग