Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन वटा नागरिकता बनाएर दुई श्रीमानको सम्पत्ति हडप्न खोज्ने महिला गुल्मी प्रहरीको हिरासतमा

Published on 9:16:00 PM //

प्रेम सुनार
गुल्मी, १२ पुस । विवाह पछि सुश्री बनाएर अर्को नागरिकता र सुश्री नागरिकतामा हुँदा हुँदै फेरी कसैकी श्रीमती बनेर एउटी महिला दुई श्रीमान तिन नागरिकता बनाउने विरुद्ध आज जिल्ला अदालत गुल्मीमा मुद्धा दायर भएको छ ।
गुल्मीको दिगाम ७ वस्ने नरबहादुर सुर्यबंशीकी छोरी तारा भनिने हरिकला झाँक्रीले यसरी अहिले सम्म दुई वटै श्रीमानको श्रीमती बनिरहेकी छन् र उनले दुई वटा नामबाट तिनवटा नागरिकता निकालेकी छन् । उनि विरुद्ध किर्ते अभियोगको मुद्धा दर्ता गरी उनलाई हिरासतमा लिईएको प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत निशान्त श्रीवास्तवले जानकारी दिए । सो कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरिक्षक फत्तेनारायण यादवले दिएको जानकारी अनुसार उनले दुई वटा नामबाट एउटा सुश्री र अरु दुई वटा श्रीमतिका रुपमा नागरिकता बनाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट जेठ २ गते पल्लीकोट १ का लिलबहादुर झाँक्रीकी श्रीमतिका रुपमा ४११०१७÷६५७११ नम्वरको नागरिकता लिएकी उनले एक वर्ष नपुग्दै फेरी त्यसै जिल्ला प्रशासनबाट गितादेवि सुशर्यबंशीका नामबाट सुश्री बनेर दोश्रो नागरिकता लिएकी छन् । एक वर्ष अघि झाँक्रीकी श्रीमतिका रुपमा नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले फेरी २०६५ साल कार्तिक ७ गते उनलाई अविवाहितका रुपमा दोश्रो नागरिकता दिनुले उ र सिफारिस दिने गाविस सचिवहरु प्रति पनि प्रश्न चिन्ह खडा भएको छ । उनले सुश्रीका रुपमा ४११०२०÷४६२६० नम्वरको नागरिकता लिएकी थिईन् । फेरी त्यसको एक वर्ष नपुग्दै उनले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पुलाचौर ८ म्याग्दीका गोविन्द बानियाँकी श्रीमतिका रुपमा तेश्रो नागरिकता लिएकी छन् । पहिलो नागरिकतामा उनको जन्म मिति २०४० ÷१२÷२६ रहेको छ भने दोश्रो र तेश्रो नागरिकतामा २०३८÷१२÷२७ रहेको छ ।
यसरी एक महिला दुई बेग्लै उमेर र नाम , दुई श्रीमान, तिन नागरिकता बनाउने उनले पल्लीकोटका पहिलो श्रीमान झाँक्रीको सम्पत्ति आफ्नो नाममा बनाएर सुश्री बन्दै अर्को नागरिकता बनाई त्यसको २२ दिनको दिन पासपोर्ट समेत बनाएकी छन् । यता पुर्व श्रीमानको सम्पत्ति, उता काठमाण्डौंमा रहेका म्याग्दीका गोविन्द वानियाँको पक्की घर अंशको रुपमा हडप्न आँटे पछि उनका ति सबै कर्तुतहरु खुलासा भएका हुन् । उनिबाट पिडित गोविन्दले त्यो पिडा सञ्चार माध्यममा ब्यक्त गर्न वित्तिकै उनलाई प्रहरीले पच्छ्याउन थालेको थियो । पछिल्लो चरण म्याग्दी प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बुझाएको प्रहरी निरक्षक श्रीवास्त बताउँछन् । ‘हामी म्याग्दी नै गएर उनलाई बुझेर गुल्मी ल्याएका हौं’ श्रीवास्तवले भने, ‘उनलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।’
त्यस्ती महिलालाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले छाडेको र प्रहरीले फेरी समातेको बताईएको छ । मन्त्रीको जस्तै तामझामका साथ दादाहरुसँगै कारमा उनका मान्छेहरुले खाना ल्याई दिने उनको ठुलै पहुँच भएको र प्रशस्त पैसा पनि रहेको बताईन्छ । उनि काठमाण्डौं प्रहरी प्रशासनबाट बच्दै आउनु र जिल्ला प्रशासन कार्यायल म्याग्दीबाट पनि छुट्नुले ति अस्त्रहरुले काम पो ग¥यो कि भनेर आंसका गर्नेहरु पनि छन् । उनका पहिला श्रीमान झाँक्री झुण्डीएर मरेको एक वर्ष मैं उनि फेरी सुश्री बने पनि झाँक्रीबाट उनले जन्माएका दुई छोराहरु रहेका छन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग