Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सम्पर्क समिति कोरियाले गान्धिव सुवेदीलाई सम्मान तथा विदाई गर्ने

Published on 12:53:00 AM //

झक थापा मगर
सउल, दक्षिण कोरिया । सम्पूर्ण कोरियाबासी गुल्मेलीहरु तथा शुभेच्छुक, शुभचिन्तकहरुलाई उपस्थित भईदिनुहुन अनुरोध गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियाका भू.पू. अध्यक्ष तथा योङ् स्टार ग्रुप कोरियाका वर्तमान अध्यक्ष गान्धिव सुवेदी यहि आउंदो जनवरी ६ तारिख नेपाल फर्कदै हुनुहुन्छ ।
ईपीएस भिषामा कोरिया आउनु भई भिषा अवधी पुरा गरि नेपाल फर्कन लाग्नु भएका सुबेदी कोरियाको व्यस्त समयको बावजूद पनि विभिन्न सामाजिक कार्यहरुमा संलग्न हुनुभयो । गुल्मी सम्पर्क समितिको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्नु भई संस्थालाई कोरियाको क्रियाशिल संघ/संस्थाको विचमा छुट्टै पहिचान सहित अग्रणी संस्थाको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नु भयो । साथै संस्थागत तथा व्याक्तिगत रुपमा कोरियामा हुने/गरिने सामाजिक कार्यहरुमा निस्वार्थ भावनाले सहयोग गर्न संधै तत्पर रहि जिम्मेवारीपूर्वक आफ्नो भूमिका निभाउदै आउनुभयो ।

उहाको भूमिकाको उच्च मूल्याङ्कन गर्दै गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियाले तल उल्लेखित मिति, समय र स्थानमा उहालाई भव्य रुपमा सम्मान तथा विदाई गर्ने कार्यक्रम राखेकोले उक्त दिन संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरु ,कोरियाबासी सम्पूर्ण गुल्मेली दाजूभाई दिदीबहिनीहरु लगायत शुभेच्छक र शुभचिन्तक महानुभावहरु उपस्थित भईदिनुहुन गुल्मी सम्पर्क समितिको तर्फबाट अध्यक्ष शंकर राना मगरले हार्दिक अनुरोध गर्नु भएको छ भने सोहि अवसर पारेर ईपीएस भिषा मार्फत कोरिया आएको १ महिना १० दिनमै गम्भिर स्वास्थ्य समस्यामा परि हाल उपचारको क्रममा रहेका नवलपरासी निवासी तुलबहादुर राईको स्वास्थ्य उपचारको लागि संस्थाले संकलन गरेको आर्थिक रकम वंहालाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेकोले विरामी र वंहाको सहयोगी लाई पनि उक्त दिन उपस्थित भईदिनहुन संस्थाका सचिव चन्द्र पराजुलीले अनुरोध गर्नुभएकोछ।
कार्यक्रम हुने मिति- २०१३ डिसेम्वर २९ तारिख आईतवार।
समय- विहानको ११.०० बजे।
स्थान- लुम्बिनी रेष्टुरेण्ट् दोङ्देमुन, सउल।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग