Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली सिनेमालाई युके विश्वविद्यालयको सहयोग

Published on 8:49:00 PM //

ध्रुबराज अर्याल
लण्डन । बेलायतको राजधानी लण्डनस्थित एक विश्वविद्यालयको सहयोगमा एक नेपाली सिनेमा लण्डनमा प्रदर्शन गरिएको छ । नेपालमा व्यवसायिक रुपमा सफल भएको चलचित्र होस्टेलको लण्डनमा प्रर्दशनका लागि ग्लीन्डर युनिभर्सिटी लण्डनले सहयोग गरेको हो । रिसोलुसन इभेन्टस र गेटस्पेस मिडियाले गत सोमबार लण्डनको जेनेसिस सिनेमामा होस्टेलको पर्दशन गराएका थिए । चलचित्र प्रदर्शनका लागि सम्पुर्ण कार्यक्रमको प्रायोजन ग्लीनडर युनिभर्सिटीले गरिदिएको सोही युनिभर्सिटी विद्यार्थी युनियनका गोकुल खड्काले जानकारी दिए । कैयौं नेपाली विद्यार्थीहरु समेत अध्ययन गरिरहेको ग्लीनडर युनिभर्सिटीले नेपाली चलचित्रको सांघुरो बजारलाई अन्तर्राष्ट्यि बजारसम्म ल्याउनका लागि गरिएको प्रयासमा सघाएको बताएको छ । नेपाली चलचित्रलाई लण्डनका दर्शकसम्म प’र्याउने आफ’हरुको प्रयासमा य’निभर्सिटीले सहयोग गरेपछि उत्साहित आयोजकले भविष्यमा पनि अरु राम्रा नेपाली चलचित्र लण्डनको बजारसम्म ल्याउन प्रयास गर्ने बताएका छन ।
चलचित्रको प्रदर्शनमा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुका साथै अन्य देशका विद्यार्थी र विश्वविद्यालयका केहि प्राध्यापक र कर्मचारीहरु समेत सहभागी भएका थिए । चलचित्र हेरिसकेपछि उनीहरुले चलचित्र स्तरीय रहेको भन्दै अब नेपाली चलचित्रको बजारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने प्रयास गर्न सुझाव दिए । यसअघि लण्डनस्थित केके मुभिज र नेपसमाज डटकमले चलचित्र होस्टेललाई लण्डन भित्र्याएका हुन् । नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले बेलायतका विभिन्न
शहरमा होस्टेलको प्रदर्शन गराइएको छ । केके मुभिजका कुशल श्रेष्ठका अनुसार नेपालीहरुको बाक्लो बसोबास रहेको विलविच, ह्यारो, अल्डरसट लगायतका ठाउमा प्रदर्शन भइसकेको छ भने रेडिंग, वोकिंग लगायतका ठाउंहरुमा पनि प्रदर्शनको कार्यक्रम छ ।
चलचित्रको प्रदर्शनबाट उठ्ने रकममध्ये ८० हजार रुयिया चितवनको अन्तोदय चेपांग स्कुललाई सहयोग गरिने श्रेष्ठले बताए । बांकी रकम पनि अन्य सामाजिक क्षेत्रमै खर्च गरिने बताइएको छ । गतवर्ष पनि केके मुभिज र नेपसमाज डटकमले चलचित्र के म तिम्रो साथी बन्न सक्छु लाई लण्डनमा प्रदर्शन गरी संकलित एक लाख बढी रकम दिलशोभा श्रेष्ठको आमाको घरलाई प्रदान गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग