Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपांगहरुलाई दया र माया मात्र हैन अवसर दिनुपर्छ

Published on 3:55:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १८ मंसिर । समाजमा अझैपनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्किोणमा परिवर्तन आउन नसकेको एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । अपांगता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, विवाह र सामाजिक कार्यहरु जस्ता आधारभूत सेवाहरुवाट समेत वञ्चित हुनु परेको उनीहरुको धारणा थियो ।
२२ औं अन्तराष्ट्रिय अपांग दिवशको अवशरमा मंगलबार गुल्मीको सिमिचौर गाविसमा आयोजित एक कार्यक्रममा वोल्दै सहभागिहरुले यस्तो वताएका हुन् । उनीहरुले पारिवारिक विभेदका कारण अपांगलाई हेर्ने दृष्किोणमा परिवर्तन नभएसम्म उनीहरुको हक अधिकार सुनिश्चित हुन नसक्ने वताए । महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गरेर आशा अपांग केन्द्र गुल्मी, वौद्धिक अपांग समाज, वहिरा संघ, अपांग एकता समाज, दृष्टिविहीन लगायतका संघ संस्थाहरुको संयुक्त आयोजना र महिला तथा वालवालीका कार्यालयको सहयोगमा वाजागाजा र र्याली सहित उक्त दिवश मनाईएको थियो ।
कार्यक्रममा अपांगहरुकालागि संकलन गरिएका ९० जना अपांग र विपन्न व्यक्तिहरुलाई ज्याकेट, सुईटर, पाईण्ट, सुरुवाल लगायतका पोशाकहरु समेत वितरण गरिएको थियो । कार्यक्रमा महिला विकास अधिकृत जमुना पौडेलले महिला हिंसा विरुद्धको १६ दिने अभियान र समावेशी व्यवस्था सम्वन्धि कार्यालयवाट दिने सेवा सुविधा विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा आशा अपांग केन्द्रकि उपाध्यक्ष गंगा रायमाझीले “घर शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गरौं” भन्ने विषयमा समेत छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय अपांग संजालका अध्यक्ष गोपाल कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, निमित्त स्थानीय विकास अधिकारी वावुराम पल्ली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. हरिवहादुर केसी, वौद्धिक अपांग अभिभावक संघका अध्यक्ष ईश्वरी प्रसाद पौड्याल, शिवालय महिला जागृति वहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष कमला पाण्डे लगायतका व्यक्तिहरुले अपांगता भएकाहरुलाई दया र माया मात्र हैन उनीहरुलाई अवशर दिनु पर्ने वताउनु भएको थियो । नेपाल अपांग एकता समाजका अध्यक्ष घन वहादुर खड्काको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव भीमप्रसाद पोख्रेलले गर्नु भएको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग