Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक पेटमै फुटेको एपेन्डिसाईटिसको सफल अप्रेशन

Published on 11:07:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ३ पुस । गुल्मी जिल्लामा पहिलोपटक पेटमै फुटेको एपेन्डिसाईटिसको सफल अप्रेशन गरिएको छ । अमरपुर गाविस १ निवासी १९ बर्षिया दिलमाया मुखियाको सदरमुकाम स्थित रेसुंगा हस्पिटलमा गरिएको उक्त अप्रेसन सफल भएको हो ।
सुरुमा पेट मात्रै दुख्ने गरेको मुखियालाई लगातार तीनदिनसम्म पेट दुख्न थालेपछि परिवारले उनलाई उपचारकालागि जिल्ला अस्पताल तम्घास ल्याई पुराएका थिए । जिल्ला अस्पताल तम्घासले मुखियाको पेटमै एपेन्डिसाईटिस फुटेकोले जिल्लामा उपचार सम्भव नभएको भन्दै मुखियालाई जिल्ला वाहिर लगि भर्ना गर्न भन्दै रिफर गरेको थियो । जिल्ला अस्पतालवाट रिफर भएकि उक्त विरामीलाई आर्थिक अभावको कारण जिल्ला बाहिर लैजान नसकेपछि उनलाई रेसुंगा हस्पिटलमा लगिएको थियो । अप्रेसनकालागि निकै ठूलो जोखिम मोली रेसुंगा हस्पिटलका डा.निरेश थापा र लक्ष्मण भुसालको नेतृत्वमा उक्त अप्रेसन सफल पारिएको रेसुंगा हस्पिटलका कार्यकारी निर्देशक महेश श्रेष्ठले वताउनु भयो । उक्त हस्पिटलमा गत दुई महिना अघिपनि यस्तै गंम्भिर प्रकृतिको अप्रेशन गरि सफल भएको थियो । पाठेघर भन्दा बाहिरको ट्युवमा बसेको बच्चालाई सफलता पूर्वक ल्यापेरोटोमी अप्रेशन गरेर बाहिर निकालेको हस्पिटलका डा.लक्ष्मण भुसालले जानकारी दिनु भएको छ ।
आफ्नो छोरीको अप्रेसन सफल भएपछि यतिवेला दिलमायाका वावु निकै खुसि भएका छन् । ‘सरकारी अस्पतालमा डाक्टरसावले बिरामीलाई पाल्पा वा अरु कुनै ठूलो अस्पतालमा लैजान भन्नुभएको थियो तर मसँग पसा धेरै नभएका कारण छोरीलाई टाढा लैजान सकिन, ‘छोरीबाँच्दीनकी भनेर निकै डराएको थिएँ तर छोरीको अप्रेशन राम्रो भयो,’ दिलमायाका बाबु गोबिन्दले भने । मुखियाको पेटमै फुटेको एपेन्डिसाईटिसको अप्रेशन गुल्मी जिल्लामा पहिलो अप्रेशन भएको रेसुंगा हस्पिटलले दाबी गरेको छ ।
पेटमै फुटेको एपेन्डिसाईटिसको उपचार तम्घासमै सफल भएपछि बिरामीको परिवार मात्रै हैन् यतिवेला उपचारमा संलग्न डाक्टर र नर्सहरुपनि निकै खुसी भएका छन् । सरकारी अस्पतालले जिल्ला वाहिर रिफर गरेको भएपनि आफूहरुले उनलाई नयाँ जीवन दिन सफल भएको र आफुहरुलाई समेत थप हौसला थपिएको उनीहरुको भनाई छ । ‘जिल्लामा यस्तो किसिमको अप्रेशन यो भन्दा पहिला सम्भव भएको थिएन’ उपचारमा सँलग्न रेसुंगा हस्पिटलका डा. निरेश थापाले भने ‘सिमित स्रोत र साधनका विच विकट जिल्लामा पनि यस्तो प्रकारको अप्रेसन सफल हुँदा निकै खुशी भएका छौँ ।’
थापाले अहिले पनि धेरै मान्छेहरु जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिरी जिल्लामा पुगेर धेरै खर्च गर्ने गरेको बताउँछन् । ‘दिलमायाको केशमा पनि बाहिर गएको भए ५० हजार भन्दा बढी खर्च हुन्थ्यो तर जिल्लामै हुँदा २५ हजारको हाराहारीमा खर्च हुन्छ’ थापाले भने ‘उनी साह्रै विपन्न परिवारको भएकोले १० हजार वरावर रुपैँया डिस्काउण्ट गर्ने सोँचेका छौँ ।

रेसुंगा हस्पिटलमा एपेन्डिसाईटिसको अप्रेशन गरेपछि वेडमा आराम गर्दै दिलमाया मुखिया । तस्बिर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग