Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्यामको उपचारको लागि गुल्मी न्युजमा समाचार प्रकाशित भएको २ दिनमै डेढ लाख सहयोग जम्मा

Published on 1:09:00 AM //

प्रेम सुनार
गुल्मी, १२ पुस । गुल्मी न्युज डट कममा गुल्मी हस्तीचौरका एक युवाको जिवन रक्षार्थ "छोरा जीवनको भिख माग्दै अस्पतालमा, बाबु सहयोग माग्दै गाउँ गाउँमा" शिर्षकको समाचार प्रकाशित भएको २ दिनमै विदेशमा बस्ने नेपालीहरुले डेढ लाख रुपैया संकलन गरी सकेका छन् भने उनको उपचार खर्च पुग्ने गरी थप रकम संकलन भईरहेको जानकारी प्राप्त भएको छ ।
हस्तीचौर १ जुकेपानी निवासी १८ वार्षिय श्याम घर्तिको मुटुले काम नगरेर रकम अभावमा मृत्यु स्वीकार्न विवस उनको उपचारका लागि गुल्मी सेवा समाज युईएले पनि सहयोग संकलन गरेको हो । समाजले आफ्नो फेसबुक पेज मार्फत सहयोग सङ्कलन गरिराखेको सो पेजका सञ्चालक युएईमा कार्यरत गुल्मी ईस्मारजस्थल ९ निवासी मानबहादुर कुँवरले साँझ सम्म एक लाख रुपैयाँ संकलन भएको र एक हप्ता भित्रमा उनको उपचार खर्च पुग्ने गरी रकम संकलन हुने विश्वास लिएको बताए ।
गुल्मी सेवा समाज युईएका अध्यक्ष एवं गुल्मी हुँगा निवासी लक्ष्मण भण्डारीको अगुवाईमा भएको रकम संकलनका क्रममा युएईका मालिकहरुले समेत सहयोग गरेको कुँवरले जानकारी गराए । कुँवरले साँझ सम्म ४० जनाले सो रकम दिएको जानकारी दिए । त्यस्तै युएईमै कार्यरत खोटाङ गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन कार्य तिब्र पारिएको राईले जानकारी दिए । उनको नेतृत्वमा संकलित रकम र अन्य क्षेत्रबाट भएको सहयोग सहित ५० हजार जोड्दा डेढ लाख संकलन भएको हो ।
‘गुल्मीन्युज डट कममा बिरामी किशोर श्याम घर्तीको बारेमा समाचार पढेँ", राईले भने ‘साह्रै मन छोयो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक एक रुपैयाँका दरले संकलन भए पनि श्यामको जिवन बाँच्ने बताए । गुल्मी सेवा समाज युईएका अध्यक्ष भण्डारीले त्यस समाजका सबै साथीहरुको सक्रियताले नै श्यामलाई बचाउने सकिने गरी रकम संकलन गरिएको भन्दै सबैलाई धन्यवाद दिए ।
उनिहरुले युएईमा सो संस्था र गुल्मीम पनि शंकर ज्ञवालीको अध्यक्षतामा गुल्मी सेवा समाज खोलेका छन् । यि दुई संस्थाले गुल्मी तम्घासको उपल्लो तम्घास माध्यामिक विद्यालयका श्रवण शक्ति नभएका र सुस्त मनस्थिती भएका विद्यार्थीहरुलाई गत हप्ता ६० हजार सहयोग गरेका थिए । अनलाईन सञ्चालक मानबहादुरका अनुसार कतारमा मात्रै नभएर विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत फेशबुक मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
श्याम मुटुले काम नगरेपछि गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा भर्ना भएका छन् भने उनको अप्रेशनका लागि धरौटी राख्ने साढे दुई लाख रुपैयाँ नभएर उनका बाबु कुमार घर्ति गाउँ फर्केर चन्दा उठाउँदै हिडेका छन् । उनको सवै जायजेथा बेचे पनि उपचार खर्च नपुग्ने भए पछि उनले संसार भरका मानिसहरु संग छोराको जिवन रक्षाका लागि सञ्चार माध्यम मार्फत सहयोगको याचना गरेका थिए ।
उनलाई बैंक खाता मार्फत सहयोग गर्न चाहने े महानुभावले नेपाल एसवीआई बैंक तम्घासको खाता नम्वर २०९१५२४१४०२४३९ एनपिआरमा रकम राखी दिन सक्नु हुने छ । त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ ।
यसरी पुर्वी खोटाङ्ग देखि विदेशका नेपालीहरुले श्यामको सहयोगका लाखि सक्रियता देखाए पनि विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता , भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको जिवन दुहाईको समाचार पढ्ने फुर्सद समेत छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग