Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा यसपटक सुन्तला उत्पादनमा वृद्धि हुने

Published on 1:52:00 AM //

कविता घर्ती मगर
बाग्लुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा पाँच प्रतिशतले वृद्धि हुने भएको छ । अनुकुल मौसम र रोगको आक्रमण नभएकाले सुन्तला उत्पादन बढ््ने देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
जिल्लामा कारीब ५ सय ७४ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको र त्यसमध्ये ३ सय ३२ हेक्टर क्षेत्रफलमा खेतीबाट सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय बाग्लुङका कृषि प्रसार अधिकृत भरत बहादुर खड््काले बताए । सुन्तलाका लागि मौसम अनुकुल हुनुका साथै यस वर्ष बगैंचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादनमा दसदेखि पन्ध्र प्रतिशतले बृद्धि हुने खड््काले बताए । कृषिले यसवर्ष २ हजार ५ सय ४२ मेक्ट्रिक टन सुन्तला उत्पादन गर्ने लक्ष्य लिएको छ ।
गतवर्ष २ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५–१० प्रतिश बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए । बागलुङको बिँहु, भकुण्डे, रेश, तित्याङ, दमेक, पैँयुथाप, धम्जा, सिसाखानी, नरेठाँटी, हटिया, मालिका रिघा, लेखानी लगायतका गाविसलाई सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । यो समय सुन्तला टिप्ने, बिक्री गर्ने र भण्डारणको समय भएकाले फल टिप्दा विशेष ध्यान दिन समेत जिल्ला कृषि बिकास कार्यालयले आग्रह गरेको छ । पाकेको फल टिप्दा कैँची प्रयोग गर्न र हाँगा नभाँचिने गरी भ¥याङको प्रयोग गरेर टिप्न कार्यालयले किसानलाई आग्रह गरेको छ । सुन्तला पाक्ने समय भएपनि जिल्लामा यसवर्ष कति संख्यामा सुन्तला फल्यो भन्ने पुषको पहिलो साताभित्र एकिन तथ्याङ्क उपलब्ध हुने जनाइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग