Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः समाचार छापिए पछी सडक मर्मत भयो, जिबिसले सुनेन, सशस्त्र प्रहरिले बनायो

Published on 11:51:00 PM //

प्रेम सुनार
गुल्मी, २८ मंसिर । केहि दिन अघि गुल्मीन्युज डट कममा ‘सरोकारवालाकै सामु सदरमुकामका सडकको यो हविगत’ शिर्षकको समाचार प्रकाशित भए लगत्तै सदरमुकाम तम्घासस्थित जिल्ला प्रहरी कार्यालय अगाडी तिन महिना अघिदेखि खाडल परेको सडक मर्मत गरिएको छ ।
हिजो नबन्दाको सडक र आज बनेपछिको सडक ।
तस्बिर: प्रेम सुनार
गुल्मी जिल्लामा चुनाव अघिदेखि बस्दै आएका सशस्त्र प्रहरीहरुले सो सडक बनाएका हुन् । भवन अभावमा नेपाल टेलिकमा शाखाको भवनमा अस्थाई क्याम्प खडा गरी बसेका सशस्त्र प्रहरीले समचार प्रकाशित भए लगत्तै मर्मत गरेको सशस्त्र प्रहरी निरक्षक वासुदेव भण्डारीले गुल्मीन्युज डट कमलाई बताए । विच वाटोमा खाडल भएपछि हामीलाई पनि गाडी आवत जावत गराउन बडो मुस्कील भएको थियो’ भण्डारीले भने –‘सिडिओ सापले जिल्ला विकास समितिलाई भन्नु भएछ तर उसले ढिला गरेपछि हाम्रो टोली गएर मर्मत गरेको हो ।’
बाटो बनेर आवत जावत सहज भए पछि तम्घासवासीले गुल्मीन्युज डट कम र शसत्र प्रहरीलाई धन्यवाद समेत दिएका छन् । तम्घासमा बसेर पत्रकारिता गर्दै आएका गैह्र सरकारी महासंघका सचिव रेशम कुँवरले यसरी नै पत्रकाहरुको आँखा विकास निर्माणमा पर्नुपर्नेमा जोड दिए । पत्रकारहरुको आँखा पर्न सके सरकारी निकाय पनि त्यसरी तात्दो रहेछ’ कुँवरले भने –‘समाचार प्रकाशित भए लगत्तै बन्यो , त्यसका लागि धन्यवाद छ ।’
तिन–चार महिना देखि ब्यस्त उक्त सडकमा ढलको ढकनी खसे पछि परेका खाडलका कारण पैदल देखि गाडी आवत जावतमा समेत समस्या भएको थियो । सदरमुकामका अन्य सडक समेत आफ्नो साधन श्रोतले भ्याए सम्म मर्मत गर्ने शस्त्र प्रहरीले जनाएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग