Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनावमा यसरी धाँधली भयो, एक भोटको लागि लाखौंँको बार्गेनिङ: नेता छेत्री

Published on 10:53:00 PM //

प्रेम सुनार
गुल्मी, २८ मंसिर । एकीकृत नेकपा माअ‍ोवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले दोश्रो संविधानसभा निर्वाचनमा प्रजातान्त्रिक प्रकृयाको नाममा चुनावी व्यापार आरोप लगाएका छन् । यो चुनावमा मतदाता किन्न र प्रभावित पार्न करोडौँ रुपैयाँ खर्च गर्दा पनि निर्वाचन आयोगले कुनै वास्ता नगरेकोले संरचनागत रुपमै चुनावी व्यापार गरीएको उनको भनाई छ । क्रान्तिकारी पत्रकार संघले आज विहान सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
नेता क्षेत्रीले गणतन्त्र बचाउनका लागि मात्रै बहुमत मानेकोले अव सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । ‘१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतादेखि सहमतिमै शान्ति स्थापना गर्ने भन्ने हो, तर अघिल्लो संविधानसभामा काँग्रेस एमालेले नमानेपछि हामीले गणतन्त्रसंग बहुमत साटेका हाँै, तर अझै शान्ति प्रकृया निश्कर्षमा पुगेको छैन’ क्षेत्रीले भने, "१२ बुँदे अनुसार सहमतिमै अघि नबढे केही कुरा अघि बढ्नेवाला छैन ।’
क्षेत्रीले काँग्रेस एमालेले भनेर अन्तरीम संविधान संसोधन गर्न मिल्ने तर एकीकृत नेकपा माओवादीले भनेर नमिल्ले भन्ने बखेडा झिकेर देशलाई अनिर्णयमा राख्न नहुने भन्ने तर्क गरे । ‘हिँजो उनीहरु साना दल हुँदा बहुमत विना गणतन्त्र दिन्नौँ भनेकोले अन्तरीम संविधानमै उल्लेख भएको सहमतिय प्रणलीलाई लत्याएर संविधान संसोधन गरीयो", उनले भने, "तर अहिले हामीले १२ बुँदे र विस्तृत शान्ति सम्झौता अनुसार नै सहमतिमा अघि बढौँ भन्दा नमिल्ने कसरी हुन्छ ?’ छेत्रीले आफू चुनावपछि आफ्नो क्षेत्रका २८ वटै गाविसमा घुम्दा संरचनागत धाँधलीको पुष्टि भएको समेत बताए । देशैभरी यस्तो धाँधली भएकोले निश्पक्ष छानविन आयोग गठन गरेमा सहमतिय आधारमा संविधान बनाउन एमाओवादी तयार रहेको बताए । ‘निश्पक्ष छानविन आयोग गठन भयो भने एमाओवादी संविधानसभामा गएर सहमतिय आधारमा संविधान बनाउन तयार छ’, क्षेत्रीले भने ।
एमाअ‍ोवादी ३ नं क्षेत्रीय संयोजक बुद्धि जिसीले चुनावमा विपक्षले गरेका धाँधलीका थुप्रै प्रमाण भएको जिकीर गरे । उनले मरभुङ लगायतका गाविसमा मतदान केन्द्रमै मतदातालाई हातमा पैसा थमाएको  आरोप समेत लगाए । ‘एउटा भोटको लागि लाखौँको बार्गेनिङ भएको छ, मतदान स्थलमै पैसा दिएको प्रमाण हामीसंग छ – उनले भने – अघिल्लो चुनावमा हामीले त्यो रोकका थियौँ तर अहिले चुनावका नाममा व्यापार भयो ।’ क्षेत्र नम्वर १ का संयोजक युवराज के.सीले कांग्रेस उमेदवार कृष्ण छन्त्यालले पैसा बाँडेको थुप्रै प्रमाण आफुहरुसंग भएको दावि गरे । उनले भने–‘कतै पाँच लाख रुपैयाँ मोटरबाटोका नाममा कृष्ण छन्त्यालले बाँडेका छन भने कतै पैसा दिने आश्वासन र त्यही आश्वसन पुरा गर्न नसकेर छन्त्याललाई विजय ¥याली मनाउन जाँदा कांग्रेसकै कार्यकर्ताले आक्रमण गरे । ‘ के त्यो प्रमाण होईन ? उनले यस्तो प्रति प्रश्न गर्दै भने–‘ अर्लाङ्गकोटमा तरुण दलका युवाहरुले नेतृत्व गरेको क्लवलाई ५० हजार दिन्छु भनेका रहेछन् त्यो नदिएपछि उनिहरुले उनको गाडी तोडफोड गरेर लघारे । ’ कृष्ण छन्त्याल मात्रै एउटा यस्तो विजयी उमेदवार हुन जो चुनाव जितेर पनि विजय ¥याली गर्न सकेनन र मतदातालाई धन्यबाद नदिई काठमाण्डौ पुगे । बरु हारेका उमेदवारहरु गाउँमा पुगेर मतदातालाई धन्यवाद दिए तर छन्त्याल फर्केर आएका छैनन् ’ केसीले भने ।
पत्रकार सम्मेलमा बोल्दै नेता श्रेत्री तस्बिर: प्रेम सुनार 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग