Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासवासीलाई मोवाईल सेवामा समास्या किन ?

Published on 5:48:00 PM //

प्रेम सुनार
गुल्मी, २२ मंसिर । संविधान सभाको चुनावी प्रचार देखि अहिले सम्म सदरमुकाम तम्घास र यस वरीपरीका नेपाल टेलिकम मोवाईल सेवाका प्रयोगकर्ताहरुले मोवाईलमा किन यस्तो समस्या भनेर सञ्चारकर्मीहरुलाई सोधेर हैरान पार्ने गरेका छन् । फोन ग¥यो कि ‘एरर ईन कनेक्शन’ भन्ने र फोन नलागेर हैरान पार्ने यस्तो समस्या गत एक महिनादेखि तम्घास क्षेत्रका मोवाईल प्रयोकर्तामा देखिएको छ ।
यस सम्वन्धमा नेपाल टेलिकम गुल्मी शाखा प्रमुख उमानाथ पोखरेलसंग सम्पर्क राख्दा उनले क्षमता भन्दा बढि प्रयोगकर्ता भएका कारण यस्तो समस्या आएको बताए । ‘तम्घासमा चार वटा मात्र विटएस टावर छन्’ उनले भने –‘चुनावताका जिल्लामा प्रयोगकर्ताहरु क्षमता भन्दा बढि भएर यो समस्या आएको हो अव विस्तारै कम हुँदै गए पनि दिर्घकालिन समस्या समधानका लागि क्षमता बृद्धि गर्न आबस्यक भएको छ । ’
एकै पटक प्रयोगकर्ताहरु लाईनमा बस्ने र एरर ईन कनेक्शन भन्ने म्यासेज आउने उनले बताए । कार्यालय प्रमुख पा्ेखरेल भन्छन तम्घासमा एउटा विटिएस टावर राख्नका लागि प्रकृया सुरु भई सकेको छ । तम्घासको उदिनढुङ्गा जिप पार्कतिर सर्वे समेत भई सकेको पोखरेलले जानकारी गराए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग