Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेको च्यारिटी कार्यक्रम सम्पन्न

Published on 3:58:00 PM //


फडिन्द्र भट्टराई
लण्डन । गुल्मी जिल्ला समाज युकेले विश्व अपांगता दिवसको अवसरमा गत तीन बर्ष देखि प्रत्येक बर्ष गर्दै आइरहेको च्यारिटी कार्यक्रम गत डिसेम्बर १ तारिकका दिन टनब्रिज युकेमा अवस्थित स्थानीय जड स्कुल मा भब्य रुपमा सम्पन्न भएको छ।
बेलायतका लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसेको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको अध्यक्ष्यता संस्थाका अध्यक्ष्य अर्जुन गौतमले गर्नु भएको थियो| महासचिब राम गलामी र सचिब शिब भण्डारी द्वारा सम्युक्त रुपमा संचालित कार्यक्रममा एन आर एन युकेका अध्यक्ष योगेन क्षेत्री, नेपाली दुताबासका अन्य पदाधिकारीहरु डेपुटी चिफ अफ मिसन तेज बहादुर क्षेत्री, मिलिटरी एटाची विश्वनाथ घिमिरे, तथा दुताबासकै कर्मचारी सुर्य बहादुर थापा,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत बिशिष्ठ पाहुनाहरुको उपस्थिति थियो। करीब दुइ सयको हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रममा नेपालमा अपांगहरुको सहयोगार्थ झन्डै रु ४ लाख भन्दा बढी संकलन गरिएको जानकारी कोषाध्यक्ष टोप पल्लीले गराउनु भएको छ । स्मरण रहोस यो संस्थाले हाल सम्म गुल्मी जिल्लाको लागि मात्र करीब सवा करोड रुपैया सहयोग उपलब्ध गराइसकेको छ।

नेपालको राष्ट्रिय गित बजाएर शुरु गरिएको कार्यक्रममा उपाध्यक्ष्य बिनोद ज्ञवालीले स्वागत मन्तब्य दिनु भएको थियो| संयोजक भेष थापाले आयोजित कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने गंगा रानाले भैपरी आउने आपतकालीन सुरक्षा ब्यबस्थाको जानकारी दिनुभएको थियो । कार्यक्रम संचालनकै क्रममा आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी उपाध्यक्ष्य केशब भण्डारीले आफ्नो भर्खरैको जिल्ला यात्रामा संस्थासंग सम्बन्धित गतिविधिहरु अन्तर्गत घरबार विहीन बालबच्चा सहित बिचल्लीको अवस्थामा रहेकी ज्ञानी परियारको पुनर्वासको लागि रु १ लाख २२ हजार रकम हस्तान्तरण गरिएको जानकारी गराउनु भयो।
आशा अपाङ्ग केन्द्र लगायत, संस्था द्वारा जिल्लामा संचालित एम्बुलेन्स स्टेसनको अवलोकन गरिएको बताउदै उहाले आफ्नो जिल्ला भेटघाटमा गुल्मी जिल्ला समाज युके ले संचालन गरेका प्रोजेक्टहरु अत्यन्तै प्रभावकारी एबम सेवामुखी पाउदा खुशी लागेको बताउनु भयो|आशा अपाङ्ग केन्द्र गुल्मीले यस अघि गुल्मी जिल्ला समाज युकेको सहयोग बाट एम्बुलेन्सको संचालन, अपाङ्ग खेल मैदानको लागि जग्गा खरिद, अपांगहरुको उपचार तथा उनीहरुको सिपमुलक तालिम एबम शिक्षा जस्ता कार्यहरु गर्दै आएको छ। कार्यक्रम संचालनकै क्रममा सचिब शिब भण्डारीले गुल्मीको जैसीथोक बिद्यालयको सहयोगार्थ रु. १ लाख ६५ हजार रकम आफ्नो हालैको नेपाल यात्राको क्रममा हस्तान्तरण गरिएको र त्यसको लागि सम्पूर्ण बिद्यालय परिवार संस्था प्रति आभारी रहेको जानकारी दिनु भयो।
त्यस्तै कार्यक्रम मा बोल्दै प्रमुख अथिति राजदूत डा. सुरेश चन्द्र चालिसेले देश र जिल्ला प्रति समर्पित बेलायत वासी गुल्मेलीहरुको खुलेर प्रसंसा गर्नु भएको थियो। “जिल्लामा एम्बुलेन्स लगायत शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरुमा यहाका गुल्मेलीहरुको उदाहरणिय सेवामुलक भावनाको नेपाल सरकार सराहना गर्दछ”। उहाले भन्नुभयो । दिगो बिकासका लागि आर्थिक लगायत सिप तथा प्रबिधि देशमा कसरी भित्राउन सकिन्छ भन्ने कुरामा समेत चिन्तनशिलाता आवस्यकता रहेको समेत उहाले औल्याउनु भयो । पहिलो खण्डको कार्यक्रमको अन्त्यमा औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष्य अर्जुन गौतमले गुल्मी जिल्ला समाज युकेले आयोजना गर्ने सबैजसो कार्यक्रममा उल्लासमय बाताबरण तथा मनग्य सहयोग जुटाउन सकिनु नै संस्थाको पहिचानको कडी भएको बताउनु भयो । ” आजको तपाई हरुको उपस्थिति रमाइलोमा मात्र सिमित छैन यो रमाइलो भित्र नेपालका अपाङ्ग हरुको खुसि झल्केको देखिरहेको छु, र यो अपाङ्ग दिवसको च्यारिटी कार्यक्रम संस्थाले तेस्रो बर्ष भब्य रुपमा मनाईरहदा उपस्थित सहयोगी सबैलाइ धन्यबाद दिन चाहन्छु” उहाले आफ्नो मन्तव्यमा थप्नु भयो। साथै संकलित रकमको पारदर्शी तथा प्रभावकारी बितरणमा आफ्नो ध्यानको केन्द्रबिन्दु रहने कुरा समेत बताउनु भयो।
त्यसैगरी उहाले कार्यक्रम संयोजनमा भूमिका निभाउने कार्य समिति सदस्य द्वय भेष बहादुर थापा एबम गंगा रानालाई बिशेष धन्यवाद दिदै सबै कार्यसमितिका पदाधिकारी तथा सल्लाहकार हरुको योगदानको प्रसंशा गर्नु भयो। त्यसै क्रममा पुन: मन्चमा उपस्थित हुदै राजदुत चालिसेले संस्था मार्फत जिल्ला मा दिने भनिएको चौथो एम्बुलेन्सको संयोजक तथा एक्लै रु २ लाख दिने प्रतिबद्ता ब्यक्त गर्नु भएका कार्य समिति सदस्य मति प्रसाद पुनलाइ सम्मान गर्दै संस्थाको यो पुनित कार्यको लागि शुभकामना दिनु भएको थियो। संस्था द्वारा प्रायोजित तीनवटा एम्बुलेन्स पहिले नै गुल्मी जिल्लामा संचालनमा आइसकेका छन। कार्यक्रम संचालन भईरहदा आउनुभएका एन आर एन अध्यक्ष्य योगेन क्षेत्रीले आफ्नो छोटो मन्तव्यमा गुल्मेलीहरुको परोपकारी कामको मुक्तकण्ठले प्रशंशा गर्दै गुल्मेली साथी हरुको एन आर एन मा भएको उपस्थितिले यो संस्था संग आफ्नो अझ बढी सामिप्यता रहेको बताउनु भयो। साथै उहाले संस्थाका अध्यक्ष्य अर्जुन गौतम तथा महासचिब राम गलामिलाई सम्मान स्वरुप एन आर एन को तर्फ बाट मायाको चिनो प्रदान गर्नु भयो ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत संस्कृतिक कार्यक्रमको संचालन कार्य समितिकै मंजु खरेल ले गर्नु भएको थियो, जसमा नेपाली संस्कृति झल्किने नाचगान प्रस्तुत गरिनुका साथै बिशेष आकर्षणको रुपमा गुल्मेली नौमती बाजाको प्रत्यक्ष्य धुनसंगै उपस्थितहरु नाचगानमा झुमिरहेका थिए। त्यस्तै नेपाल बाट आउनुभएका विशिष्ठ लोक गायक, कलाकार पुरुसोत्तम न्युपानेले नौमती बाजा संगै आफ्नो सुरिलो स्वर पस्किदा नाचगानमा बिशेष उल्लास थपिएको थियो। आधिखोला भन्ने गीतलाई मोडदै “रिडी खोला उर्लेर आयो,जाने बेला गुल्मीले बोलायो” भन्ने गित कलाकार पुरुसोत्तम न्यौपानेले नौमती बाजा सहित घन्काउदा नाच्न नउठ्ने बिरलै भेटिन्थे ।
कार्यक्रममा कार्यसमितिका राजन खरेल, अशोक थापा, टिका राम थापा ,मिन जिसी,बिर बलाल , कृष्ण खरेल, राम सापकोटा तथा उपस्थित सल्लाहकार हरु बाल जंग अर्याल, मोति राज भण्डारी, दुर्गा पाण्डे, दाशु पाण्डे, पशुपति भण्डारी, कमल भण्डारी, फत्त थापा,गोकर्ण बस्नेत,खड्ग रेश्मी,मिन दर्लामी, बिन भुजेल, बसन्त भुजेल,चक्र बहादुर राना,रण बहादुर केसी,सुरेश गौतम, एबम स्वयम्सेवक लगाएतले आ आफ्नो कार्यक्षेत्रको भूमिका निभाउनु भएको थियो । त्यस्तै फडिन्द्र भट्टराईको संयोजनमा पत्रकारहरु एभरेस्ट गौतम तथा मिलन शर्माले मेडिया कभरेज गर्नु भएको थियो। कार्यक्रममा स्थानीय ओरिएन्टल बुफेट रेस्टुरेन्टका संचालक किशोर सापकोटाले स्वादिस्ट भोजनको ब्यबस्थापन गर्नु भएको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग