Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी गुल्मीद्धारा मतदाता भेटघाट सुरु

Published on 5:58:00 PM //

प्रेम सुनार
गुल्मी २२ मंसिर गुल्मी । एकिकृत नेकपा मओवादीले दोश्रो संविधान सभा चुनावमा सो पार्टीका उमेदवारलाई मतदान गर्ने मतदाता र अगुवा कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम जिल्लाका तिन वटै क्षेत्रमा सुरु गरेको छ ।
 सो पार्टीका क्षेत्र नम्वर १ का उमेदवार सुदर्शन वरालले सो क्षेत्रको रुद्रवेण्ीदेखि मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन् भने २ का उमेदवार अशोक थापाले बलेटक्सारबाट र ३ का उमेदवार वामदेव क्षेत्रीले नयागाउँबाट भेटघाट सुरु गरेका हुन् ।
क्षेत्र नम्वर १ मा जिल्ला कमिटीका संयोजक समेत रहेका बराल, क्षेत्रिय संयोजक युवराज केसी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष घनश्यमा खरेल लगायतबका नेताहरु हिजो रुद्रवेण्ी हुँदै शान्तिुपर ईलाका , विशुखर्क र आज तुराङ्गको मजुवामा मतदाता भेटघाट तथा ईलाका स्तरिय समिक्षा बैठकमा सहभागि भएका छन् ।
  एक महिना सम्म चलाईने अभियानका क्रममा सो पार्टीलाई हराउन देशी विदेशी शक्तिहरुले षडयन्त्र गरेको भन्दै त्यसको भण्डाफोर समेत तिब्र रुपमा गरिने जिल्लाका विशेष ईन्चार्ज समेत रहेका केन्द्रिय सदस्य दिनेश पन्थीले बताए ।  
 त्यस्तै क्षेत्र  नम्वर २ मा  उमेदावार अशोक थापाले वलेटक्सारमा ईलाका स्तरिय समिक्षा बैठक गरी मतदातासंग भेटघाट सुरु गरेका छन् । कार्यक्रमा राज्य समिति सदस्य मानिराम ज्ञवाली लगात सहभागि छन् । क्षेत्र नम्वर ३ मा नयाँ गाउँबाट भेटघाट सुरु गरेका उमेदवार वामदेव क्षेत्रीका साथमा ३ नम्वर क्षेत्रिय संयोजक बुद्धि जिसी क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगायत सहभागि रहेका छन् ।
 मतदाता भेटघाट कार्यक्रममा एकिकृत नेकपा माओवदीमा मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरिने, ईलाका र गाउँ कमिटी स्तरिय समिक्षा बैठक गरिने र चुनावमा आफ्नो पार्टीलाई हराउन गरिएको धाधलीको भण्डारफोर गरिने जिल्ला संयोजक सुदर्शन बरालले बताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग