सहमतिको राजनीति आबश्यक ः एमाले नेता ज्ञवाली
Published on
6:32:00 PM //
जनार्दन घिमिरे

अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको नेता ज्ञवालीले वताउनु भयो । उहाँले पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । संबिधान सभा निर्वाचन पश्चात पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिन क्षेत्र भ्रमण अभियानमा रहनु भएका ज्ञवालीले आज गुल्मीको वामी, मुसिकोट र वडागाउँका पार्टी कार्यकर्ता तथा मतदाताहरुसंग भेटघाटको क्रममा उक्त कुरा वताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता ज्ञवालीले जनताका सुख,दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने समेत बताउनु भएको छ । कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै आगामी स्थानिय तथा राष्ट्रिय निर्वाचनका लागि पनि कार्यकर्ताहरुलाई उचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह समेत गर्नु भएको थियो ।
0 प्रतिकृयाहरु