Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा एक नेपालीको मृत्यु

Published on 2:04:00 AM //

सोल, पुस २९ । कोरियामा बेहोस अवस्थामा उपचार गराइरहेका एक नेपालीको मृत्यु भएको छ ।
बिगत पाँच महिनादेखि सोल उल्जीरो ओगास्थित नेशनल मेडिकल सेन्टरको आइसीयुमा उपचार गराई रहेका धनकुटा परेवादीनका होम थक्लेङ लिम्बुको आइतबार साँझ मृत्यु भएको हो ।
सोल नाम्देमुन नजिकै रहेको एक गार्मेन्ट कम्पनीमा काम गरिरहेका बेला गत अक्टोबर ५ आकस्मत बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी रक्तचाप पीडित थिए ।
लामो समयदेखि कोरिया बस्दै आएका ६० बर्षीय लिम्बुको उपचार खर्च हालसम्म चुक्ता गरिएको छैन । उनी भूतपूर्व भारतीय सैनिक समेत हुन् । उनको २ छोरा र एक छोरी छन् । -कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग