Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ईलाका स्तरिय गोष्ठी सुरु

Published on 7:29:00 PM //

प्रेम सुनार
गुल्मी, १२ माघ । आगमी वर्षको विकास निर्माण र कार्यक्रम विनियोजन गर्नका लागि जिल्ला विकास समितिले आज देखि जिल्लाका तिन वटै क्षेत्रबाट ईलाका स्तरिय तर्जुमा गोष्ठी सुरु गरेको छ । आज क्षेत्र १ को अर्लाङ्गकोट,  २ को पराल्मी र रुरु, ३ को हवाङ्गदी सहित ४ वटा ईलाकामा गोष्ठी सुरु गरेको हो ।
‘तिन वटा गोष्ठीहरुअहिले साँझ सम्म सम्पन्न भएको जानकारी आएको छ–‘ स्थानिय विकास अधिकारी प्रसाद ज्ञवालीले भने –‘हवाङ्गदीमा मोवाईल सम्पर्क हुन नसक्दा के भयो भन्ने जानकारी पाईएको छैन् ।’ 
उनले भोली फेरी चार वटा ईलाकामा गरिने बताए । ईलाका स्तरबाट प्राथामिकतामा परेका विकास निर्माण र अन्य कार्यक्रमहरुका लागि जिल्ला विकास समितिले रकम विनियोजन गर्ने गर्दछ । 
 ईलाका स्तरिय गोष्ठी सम्पन्न गर्न जिल्ला विकास समितिका योजना अधिकृत बाबुराम पल्ली, कार्यक्रम अधिकृतहरु शंकर गौतम , विनोद मरासीनी लगायतका अधिकृत, अन्य कर्मचारी र राजनैतिक दलका नेताहरु पुगेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग