Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोराहरुले कमाए, बुढेसकालमा सुगम ठाउँमा बसाँई सर्दा पनि छैन मन खुशी (अडियो रिपोर्ट)

Published on 10:11:00 PM //

छोरा शहरमा जगिरे भयो कि उतैकी केटीमा आँखा गाड्छ । उतै घर घडेरी किनेर बस्न सुरु  गर्छ । अहिले त झन छोरो विदेश पठायो कि अव उ शहर पस्यो भनेर जाने हुने भएको छ । मानिसहरु स्वभाविकै रुपले सुख भोगी हुन्छ तर आफ्नो जन्मेको ठाउमैं  सम्भव भए सम्मका त्यस्ता सुविधा उपयोग गरौं र जन्मेको ठाउँ नछोडौ भन्ने सोचको विकास हुन सकेन ।

विशेष गरी विकट गाउँका मानिसहरु तराई पस्न थालेको धेरै भई सक्यो । हुन त राज्यले दिने सुविधाको कुरा गर्ने हो भन्ने न सरुन पनि कसरी ? जवकी विकट गाविस दर्लिङ्गकै कुरा गरौं त्यहाँको पाटाखर्क र दुनाम गाउँका मानिसहरु गविस कार्यलय, स्वस्थ्य चौकीको सुविधा लिन र माध्यमिक तहको शिक्षा हाँसिल गर्नका लागि अढाई घण्टाको उकाले ओरालो धाउन बाध्य छन् ।
त्यस्ता गाउँका मानिसहरुले केहि रकम कमाए वा घर जग्गा बेच्न सके भने वसाईसराई गर्नु बाध्यता पनि हो । त्यस्तो बाध्यताले मंगलवारदेखि तराईतिर बसाई सराई गर्न हिडेका दर्लिङ्गका एक परिवार सदरमुकाम तम्घास आई पुगेका थिए । उनिहरुका छोराहरुको चेहरामा खासै निरासा थिएन तर उनिहरुका सैतै फुलेका बृद्ध आमा बाबुको चेहरामा भने अत्यन्तै निरासा र मनमा पिडा भएको प्रष्ट देख्न सकिन्थ्यो टुक्रुुक्क भुईमा बसेका उनिहरु गालामा हात लगाएर खै के के सोचेका थिए ? बुढा मान्छे जसो तसो बोल्न सक्नु भएको थियो तर उहाँकी धर्म पत्नीको वोल्दा बोल्दै गला अवरुद्ध हुने अवस्था थियो । प्रस्तुत छ कस्तो छ त उनिहरुमा  जन्मे ठाउँ छाडेर बसाई सराई गर्नुको पिडा ? सुनौ स्थलगत रेडियो रिर्पोट सहकर्मी प्रेम सुनारबाट:

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग