Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई दिदी बहिनीले बैंकबाट झिकेर बैंककै अगाडि जलाए झन्डै १७ लाख रुपैयाँ

Published on 6:12:00 AM //

कसैले आफ्नो धनसम्पत्ति आगो लगाएर खरानी बनाउन सक्दैन। सन्तुलित दिमागको उपज पनि होइन त्यो। तर पाकिस्तानको पञ्जाव प्रान्तमा यस्तै अनौठो घटना भएको छ। दुई दिदीबहिनीले आफ्नो बैंक खातामा भएको १७ लाख रुपैयाँ निकालेर बैंककै अगाडि आगो लगाएर खरानी बनाए।
Burnt currency notes — Photo by INP
झेलम जिल्लाका प्रहरी अधिकृत अफजल बटले दिएको जानकारीअनुसार विलाल नगर क्षेत्रका दुई दिदीबहिनी नाहिद (४०) र रुविना (३५) ले नेसनल बैंक अफ पाकिस्तानको चक्रनासा शाखाबाट १७ लाख निकालेर बैंक परिसरमै आगो लगाइदिए। उक्त रकम दुवैको नाममा फिक्स डिपोजिटमा राखिएको थियो। पाकिस्तानी अखबार डनमा छापिएको खबरअनुसार गत बुधबार नै उनीहरू पैसा झिक्न बैंक पुगेका थिए। तर यति धेरै रकम झिक्नका लागि पूर्वसूचना चाहिने बैंक म्यानजेरले उनीहरूलाई जानकारी दिएका थिए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग