Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुधवार दिनभरी कार्यालयमै बसे जिबिस कर्मचारी, १ दिनमै ७० हजार नास्ता खर्चलेजिबिसमा बबाल (फलोअप समाचार)

Published on 1:46:00 AM //

प्रेम सुनार
गुल्मी, २४ पुस । गता मंगलबार "कार्यालयमा हैन घाम ताप्ने ठाउँमा भेटिन्छन् जिबिस कर्मचारी, एकचोटीको मासुचिउरा नास्ताको बिल झन्डै ७० हजार रुपैँया" शीर्षकको समाचार गुल्मीन्युज डट कममा प्रकाशित भएपछी बुधबार भने दिनभरी जसो कर्मचारीहरु कार्यालयमै देखिएका हुन् । बुधबार कार्यालय समयभित्रै कार्यालयमा पुगेका उनीहरु कुनै पनि फाँट रीत्तो पारेर बाहिर निस्किएनन् । काम परेपनि पालैपालो बाहिर निस्केका उनीहरु कर्मचारीको नियममा बसेको सेवाग्रहीहरुले बताए ।
तर एक दिनमै झण्डै ७० हजार खाजा खर्चको विल होटलहरुलाई बनाउन दवाव दिएको खवरले भने जिविस भित्र बबाल मच्चिएको र सर्बसाधारण सम्म त्यस विरुद्ध आवाज उठेको छ । एकै दिनमा कसरी त्यती धेरै रकम खाजामा खर्च भयो ? यस्तो प्रश्न उठाउँदै सरोकारवाला संघ संस्थाले छानविन हुनुपर्ने माग गरेका छन् । सुशासन अभियान गुल्मीले समेत त्यो विषय गम्भिर भएकोले यसमा छानविन हुनुपर्ने माग गरेको छ ।
जिल्ला विकास समिति गुल्मीमा मिति २०६९ बैशाख ७ गते रु एक सयका दरले मासु चिउरा ५ सय ८४ जनालाई,  ३५ का दरले कोक १ सय ६ जनालाई, फलफुल ३८ का दरले सय जनालाई, मिति बैशाख १५ गते मासु रु १ सयका दरले चिउरा ४ सय ३७ जनालाई, जेठ ९ गते मासु चिउरा रु १ सयका दरले ६ सय ९४ जनालाई, जेठ १६ गते मासु चिउरा ४ सय ११ जनालाई र सो को भोलिपल्ट सयका दरले मासु चिउरा ६ सय ९४ जनालाई खुवाएको भन्दै एक व्यावसायीलाई विल बनाउन जिविसका एक कर्मचारीले लगाएका विषयमा छानविन हुनुपर्ने माग सरोकारवाला संघ संस्थाले गरेका हुन् । उक्त विलअनुसार  बैशाखको २ दिनमा मात्रै १ लाख ९ हजार ६ सय १० रुपैयाँको खाजाखर्चको विल जिविसले बनाएको छ । त्यस्तै जेठ महिनामा मात्रै तीन दिनमा १ लाख ७९ हजार ७ सय रुपैयाँको विल बनाउन लागाएको भेटिएको छ ।
यो २ महिनाको अवधिमा खाजाको विल मात्रै २ लाख ७९ हजार ३ सय रुपैयाँ खर्च भएको विल बनाईएको छ । जिल्ला विकास समितिमा त्यस वर्ष यती धेरैले खाजा खानेगरी कुनै कार्यक्रम नभएको त्यहीभित्रका एक कर्मचारीले बताए ।
यो मात्रै होईन यो बाहेक एक श्रोतका अनुसार चिसो मौसममा कार्यक्रममा नाममा माथी उल्लेखित खाजाखाने संख्या जस्तै मानिसहरुका नाममा मिनिरल वाटरको नाममा विल बनाउन लागाईएको थियो । नाम नबताउने शर्तमा व्यवसायीहरु जिविसमा लग्दै नलगेको सामाग्रीको झुटा विलहरु बनाउन दवाव दिएर हैरान पार्ने गरेको बताउँछन् । ति विलहरु तत्कालिन स्थानिय विकास अधिकारी दिपेन्द्र पौड्यालको सरुवा भई जाने र वर्तमान ज्ञवाली आउने वेलाको विचमा बनाउन लगाईएको स्रोतले जनाएको छ ।
पछि जिविसले मासिक रुपमा पत्रकार सम्मेलन राख्यो त्यहाँ पनि स्थानिय विकास अधिकारी समक्ष मासिक खाजा  र ईन्धन खर्चको विवरण दिनुहोस भनेर कुरो राख्दा समेत विवरण दिईएको थिएन । समाचार बाहिर आएपछि जनताहरुबाट व्यापक रुपमा तत्काल छानविन हुनुपर्ने चर्को माग उठेको छ । जिविसकै एक कर्मचारीले समेत समाचार सत्य भएको भन्दै तत्काल छानविन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन् । ‘त्यो समाचार जे आयो ठीक आयो, यस्ता विल अझै धेरै खोजेर दोषिलाई कार्वाही गर्नुपर्छ ।’ – जिविसका एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।  
स्थानिय विकास अधिकारी हरी ज्ञवालीले भने आफ्नो कार्यकालमा त्यो खर्चलाई नियन्त्रण गरेको तर आफू आउनुभन्दा अघिका कुरा आफूलाई केही थाहा नभएको भन्दै पन्छिदै आएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग