Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा साँस्कृतिक झलक -२ को सम्पूर्ण तैयारी पुरा, कार्यक्रम सफल पारिदिन सबैमा अनुरोध

Published on 10:47:00 PM //


गुल्मी सम्पर्क समिति कोरियाद्वारा सलनालको अवसरमा हुन लागेको “रेसुङ्गा सांस्कृतिक झलक भाग-२” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l 
गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रिडी रुद्रवेनीमा अवस्थित जिर्ण अवस्थामा रहेको बृद्धाश्रम तथा त्यहां वसोवास गर्नुहुने बृद्ध-बृद्धाहरुको कष्टकार जिवनलाई मध्यनजर राख्दै बृद्धाश्रम भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने उद्धेश्यले “बृद्ध-बृद्धा हाम्रा भगवान्, बृद्धाश्रमको निर्माण सहयोग हाम्रो अभियान” भन्ने मूल नाराको साथमा कोरियाको सलनालको अबसर पारेर यहि आउंदो जनवरी ३१ तारिख शुक्रवारको दिन गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियाले आयोजना गर्न लागेको “रेसुङ्गा सांस्कृतिक झलक भाग-२” को कार्यक्रमको लागि नेपालबाट आउनुहुने सम्पूर्ण कलाकारहरुको भिषा लाग्नुका साथै कार्यक्रमलाई सफल, मनोरञ्जनात्मक र व्यवस्थित बनाउनको लागि आवश्यक पर्ने सम्पूर्ण आन्तरिक तयारीहरु पुरा भएको समितिका सचिव चन्द्र पराजुलीले जानकारी दिनुभएको छ l
“गुल्मी सम्पर्क समितिले सलनालमा गर्न लागेको सांस्कृतिक कार्यकम कुनै व्याक्तिगत वा संस्थागत स्वार्थको लागि नभई मानविय उत्तरदायित्व र पवित्र उद्धेश्य लिएर आयोजना गर्न लागेको र कार्यक्रमबाट बचत भएको रकम रिडी रुद्रबेनीको बृद्धाश्रम निर्माण गर्नको लागि प्रदान गरिने भएकोले नेपालबाट कोरिया आउनुभई बिभिन्न पेशा, व्यवसाय, अध्ययान, रोजगार लगायत सामाजिक संघ संस्थामा प्रतिनिधित्व गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु “रेसुङ्गा सांस्कृतिक झलक भाग-२” मा उपस्थित भएर कार्यक्रम सफल पारिदिनुहुन गुल्मी सम्पर्क समितिको तर्फबाट अध्यक्ष शंकर राना मगरले हार्दिक अनुरोध गर्नुभएको छ । कार्यक्रमको दिन हाना बैंकको खाता खोल्ने व्यवस्था पनि भएकोले ईच्छुक नेपाली महानुभावहरुले एक प्रति पासपोर्ट साईजको फोटो, पासपोर्टको फोटोकपी-१ र एलायन्स कार्ड साथमा लिएर आउनुहुन समेत आयोजकले अनुरोध गरेका छन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग