Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा यस्तो देखियो माघे सक्राँन्तिमा माघिको रमझम (फोटो फिचर)

Published on 8:14:00 PM //

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।
कार्यक्रमको थालनी प्रमुख अतिथि डिआर गुरुङ र अध्यक्ष नेत्र थनेतले संयुक्त रुपमा दियो प्रज्योलन गरी गरिएको थियो । सोही संस्थाका उपाध्यक्ष किशोर चौधरीले संस्थाको स्थापनाकालदेखि गरेका कार्यहरुको लेखाजोखा पस्तुत गर्दै, संस्थाको औचित्यबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी कार्यक्रमलाई रोचक र सांगीतिक बातावरणमा महासचिव दिपेन्द्रराज थनेतले संचालन गर्नु भएको थियो । सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।
थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग