Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा खुल्यो अर्को नेपाली रेष्टुरेण्ट

Published on 5:41:00 AM //

लक्ष्मण खनाल, युएई -  विदेशमा लगानी गर्न नेपाली उत्साहित भईरहेका बेला संयुक्त अरब इमिरेट्स अबुधावीमा अर्को नेपाली रेष्टुरेण्ट हिजोबाट सञ्चालनमा आएको छ ।

चार जना नेपालीहरु टिकेन्द्र बुढाथोकी, मिलन खत्री, पल्लभ घिमिर र डि.बि. कार्कीको संयुक्त लगानिमा उक्त रेष्टुरेण्ट सञ्चालमा ल्याइएको हो । एभरेष्ट प्वाइन्ट रेष्टुरेण्ट नामको उक्त रेष्टुरेण्टमा नेपाली समुदायका विशिष्ठ नेपाली परिकारहरु बनाइने व्यवसायी मिलन खत्रि बताउछन ।

 बैदेशिक रोजगारीको केन्द्र बन्दै गइरहेको देश युएईमा नेपाली कामदारको संख्या बृद्धि हुने क्रम बढिरहेको र नेपाली खानाहरुको व्यवसाय राम्रो हुने व्यवसायीहरु बताउछन ।

स्वदेशमा व्यवसाय सञ्चालन नगरेर युएईमा किन व्यवसाय सुरुवात गरियो भन्ने प्रश्नमा स्वदेशको राजनैतिक अवस्थाले गर्दा नेपालमा सुरक्षित व्यसाय गर्न नसकिने बताउदै नेपालको राज्य व्यवस्थाले हामी जस्ता केही गर्न चाहने नेपालीलाई आकर्षण गर्ने बतावरण बनोस्, भविष्यमा नेपालमै केहि गर्ने उद्देश्य रहेको व्यवसायी टिकेन्द्र बुढाथोकीले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग