Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किन घटे लुम्बिनी आउने पर्यटक?

Published on 3:16:00 PM //

भैरहवा, पुस २१। विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो देशका पर्यटकको सङ्ख्यामा कमी आएको छ।

राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट आएपछि यस क्षेत्रको समग्र पर्यटन व्यवसाय प्रभावित भएको छ। लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाइरहने भनेर भनिरहेको सन्दर्भमा तेस्रो मुलुकका पर्यटकहरूको आगमनमा चाहिँ गिरावट आउनु राम्रो लक्षण नभएको पर्यटनविद् प्राध्यापक डा. गितु गिरीको भनाइ छ।

“सङ्ख्यात्मक रूपमा भारतीय र नेपाली पर्यटकको सङ्ख्या वृद्धि भए तापनि तेस्रो मुलुकको सङ्ख्या घटेको छ। यसको मूलभूत कारण विश्व पर्यटन बजारमा लुम्बिनीको अझै प्रचारप्रसार राम्रो नभएर नै हो। यसतर्फ लुम्बिनी विकास कोष र राज्यले ध्यान दिनुपर्दछ,” पर्यटनविद् प्राडा गिरीले भन्नुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग