Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्यान इन्फोटेकमा दर्शकको आकर्षण बढ्दै

Published on 3:11:00 PM //

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका लागि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गरेको सुबिसु क्यान इन्फोटेक मेलमा दर्शकको आकर्षण बढ््दै गएको छ।

मेलाको तेस्रो दिनसम्म आईपुग्दा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयोजकको दाबी छ। शनिबारमात्रै १ लाख ६ हजारभन्दा बढीले मेला अवलोकन गरेको आयोजले जनाएका छन्। मेलाको पहिलो दिन ४९ हजार जनाले अवलोकन गरेको थिए भने दोस्रो दिन ४५ हजार जनाले अवलोकन गरेका थिए।

शनिबार नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाओवादीका सभासद् गणेशमान पुनलगायतले मेलाको अवलोकन गर्नुभएको थियो। इन्फोटेकको अवसरमा नेपाल टेलिकमले उपलब्ध गराएको सय रुपियाँ ब्यालेन्ससहितको थ्रीजी सिम लिने अवलोकनकर्ताको निकै घुँइचो लागेको थियो। टेलिकमकै वाईम्याक्सलगायतका इन्टरनेट सेवा पनि धेरैको रोजाईमा परेको आयोजकले जानकारी दिएका छन्।

सुबिसु केबलनेट, वेबसर्फर, भायनेट, नियोटेरिक, जेनेरेसन नेक्स्ट, माइक्रो लाइफ, हुवावे, क्यानन, लेनेभो, लगायतका स्टलहरू पनि अवलोकनकर्ताको आर्कण रहेको जनाइएको छ। यसका साथै ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, प्रिन्टर, प्रोजेक्टर लगायतका स्टलका साथै सामुसुङको ग्यालेक्सी ड्युस–२प्रति पनि उपभोक्ताको आर्कषण रहेको देखिन्छ। यसैबीच आइतबार अर्थात पुस २१ गतेको दिनलाई विजनेस डेको रूपमा घोषणा गरिएको छ। मेला पुस २३ गतेसम्म सञ्चालन हुनेछ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग