Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा यसबर्ष अदुवाको उत्पादनमा बृद्धि हुने भएपछी किसानहरु खुसी

Published on 12:15:00 AM //

कृष्ण बिसी
नवलपरासी, पौष २१ । वर्षौदेखि अदुवा खेति गर्दै आएका नवलपरासीका किसानहरुले यस बर्ष गत बर्षको तुलनामा अदुवा उत्पादनमा बृद्धि हुने भएपछि किसान खुसी भएका छन । गत बर्षको तुलनामा यस बर्ष नवलपरासीमा २० प्रतिशतले अदुवा उत्पादनमा बृद्धि हुने देखिएको छ,। जिल्लाको  १७ गाविसमा व्यवसायिक रुपमा अदुवा उत्पादन गरेका नवलपरासीका अदुवा कृषकले झण्डै ४० करोड अदुवा विक्रीबाट आम्दानी गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको पहाडी गाविसहरु रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौवारी, भारतीपुर, मिथुकरम, रुचाङ, रकुवा, नरम, डेढगाउँ, धौवादी, मैनाघाट, हुप्सेकोट, राकाचुली, धुर्कोट, वेणिमणिपुर, देउराली लगायतका गाविसहरुमा व्यवसायिक रुपमा अदुवा खेती हुदै आएको छ ।गत बर्ष करीब दश हजार मेटिक टन उत्पादन भएको अदुवा यस बर्ष १२ हजार मेटिक टन भन्दा बढि उत्पादन हुने र यसबाट झण्डै ४० करोड बराबरको अदुवा नवलपरासीबाट निकासी हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग