Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारले दश लाख दिएर मात्र शहीदको सम्मान नहुने

Published on 5:47:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १६ माघ ।  राज्यले शहिद घोषणा गर्दैमा वास्तविक शहीदको कदर र पहिचान हुन नसक्ने आज गुल्मीमा आयोजित एक कार्यक्रममा वताईएको छ । कसैले व्यक्तिगत रिसीवीका कारण भएको हत्यालाई लिएर पनि शहीद घोषणा गराउने काम वन्द गर्न सरकारलाई आग्रह गरिएको छ ।

शहीद सप्ताहको अन्तिम दिन विहिवार गुल्मीकोे सदरमुकाम तम्घास स्थित शहिद चोकमा शहिद चोकमा आयोजीत एक कार्यक्रममा सहायक प्रमुख जिल्ला विष्णु वहादुर घर्तिले शहादतले सम्मान पाउन् भन्दै उक्त कुरा व्यक्त गर्नु भएको थियो । विश्वमा नेपाल मात्रै यस्तो देश होला जहाँ ज्ञात भन्दा पनि अज्ञात शहीद धेरै भएको भन्दै शहीद परिवारलाई सरकारले दश लाख दिएर मात्र उनीहरुको सम्मान नहुने उहाँले वताउनु भयो । घर्तिले हुलको दवाव र सत्ताधारीको करकापमा जोसुकैलाई पनि शहीदको संज्ञा दिन उचित न्याय नहुने वताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राजनैतिक दल तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुद्वारा शहीद शम्सेर वहादर खत्रीको शालीकमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम तम्घास गाउँ समितिले आयोजना गरेको थियो ।


शहीद सप्ताहको अन्तिमदिन शहीद शम्शेर वहादुर खत्रीको शालीकमा माल्र्यापण गर्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल । पञ्चायती सरकाको विरोध गरेको भन्दै  तत्कालीन पञ्चायती सरकाको निर्देशनमा शम्शेर वहादुरको जिँउदै टाउको काटेर सदरमुकाम तम्घास ल्याईएको थियो । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग