Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चालकको प्रतिस्पर्धाले यात्रु त्रसित

Published on 5:36:00 AM //

घनश्याम गौतम
गुल्मी, पुस २३ । बस व्यवसायी समितिमा पश्चिम नेपालको मात्रै एकाधिकार रहँदा तम्घास-बुटवल सडक खण्डको बस यात्रा सधै जोखियुक्त छ ।

अलिकति गुडेपछि घन्टौं रोकेर कुर्ने र पछाडिको अर्को बस आएपछि तीव्र गतिमा हाँक्ने प्रवृत्तिले यात्रुहरू त्रासमा यात्रा गर्न बाध्य छन् ।

बुटवल-तम्घास-सिमलटारी खण्डमा मात्र १ सय ४, रात्रि सेवामा १८ र स्तरीय सेवामा ११ गरी १ सय ३३ बस चल्दै आएका छन् । रेसुंगा मिनी माइक्रो व्यवसायी समिति र गुल्मी यातायात व्यवसायी समितिका साना सवारी साधनहरू सञ्चालनमा भए पनि अन्य बस व्यवसायीले यस जिल्लामा सवारी सञ्चालन गर्न सकेका छैनन् । बस सञ्चालन गर्ने अर्को कुनै समिति नभएपछि व्यवसायीहरूले आफू/आफूहरूबीच प्रतिस्पर्धा खेप्दै आएका हुन् ।

'रोक्यो भने १ घन्टासम्म पनि रोक्ने,' लु१ख. ६०७० मा बुटवलबाट तम्घास आएका सिर्सेनीका श्याम कुँवरले भने, 'तीव्र गतिमा बस हुँइक्याएपछि धेरैलाई बमिट भएरै समस्या हुने र डर र त्रास उत्तिकै हुँदा अब कहिल्यै बस नै नचढ्ने जस्तो गरायो ।'

सदरमुकाम तम्घासबाट बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म बस छुट्दै आएका छन् । दिउँसो १ बजेसम्म प्रत्येक २५ मिनेटमा बस छुट्ने भए पनि तम्घासबाट छुटेको बस १० किलोमिटरको दूरी पार गरेपछि गौंडाकोट नजिकैको डाँडोमा झन्डै आधा घन्टा रोकिन्छ । पारिपट्टबिाट अर्को बस आइपुगेको देख्नासाथ चालकले बस हुइँक्याउँछन् र झन्डै १ घन्टापछि पुनः हर्दिनेटाको भेडुवा डाँडोमा रोक्छन् । तम्घासबाट बुटवल खण्डमा चल्ने बसहरूबीचको यो प्रतिस्पर्धाले अधिकांशलाई डर, त्रास हुनुको साथै बमिट हुने गर्छ ।

बस समितिको एकाधिकारले यात्रुलाई समस्या पर्ने गरे पनि बस व्यवसायीलाई भने फाइदै छ । १ सय ४ बसमध्ये एउटा बसले ४ महिनामा झन्डै ४६ दिन गुड्ने पालो पाउँछ । त्यसरी गुड्न पाउँदा औसतमा ३५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने लु१ख ४८४२ का चालक भरत पन्थीले बताए ।

पन्थीले बीचबीचमा रोक्ने र तीव्र गतिमा बस कुदाउने परम्परालाई भने आफूहरूबीचको समय व्यवस्थापन भएको बताए । 'लगातार हिँडिरहँदा सबै बस एकैसाथ पर्छन्,' पन्थीले भने, 'त्यसले कुनै यात्रुले बस नै नपाउने र कुनै बस खाली खाली नै हिँड्नुपर्ने अवस्था हुन्छ ।'

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग