Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय कलाकारका साथ "हेल्सिन्की साँस्कृतिक साँझ २०१४" हुने

Published on 5:46:00 AM //

सन्जु काउछा
हेल्सिन्की, जनवरी ०५ । गैर आवासिय नेपाली संघ (एनआरएन), फिन्ल्यान्डले "हेल्सिन्की साँस्कृतिक साँझ २०१४" को आयोजना गर्ने भएको छ । आगामी १८ जनवरी २०१४ मा एनआरएनले पहिलो पटक राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
"आफ्नो कला र सँस्कृतिलाई माया गरौँ, मौलिकता जोगाऔँ" भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली हाँस्य बिधाका सम्राट तथा ख्याती प्राप्त कलाकार मनोज गजुरेल, चर्चित लोक गायक/गायिका पशुपती शर्मा र रिता थापा मगरको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन । १५ युरो प्रवेश शुल्क राखिएको कार्यक्रम १६ बर्ष मुनिका बालबालिकाहरुका लागि भने १२ युरो प्रवेश शुल्क तय गरिएको छ । कार्यक्रमक्रमा हुने स्थान आगामी ७ जनवरीमा तय गरिनेछ । "कार्यक्रम गर्ने निर्णय अली हतारमा भयो, कार्यक्रम हेल्सिन्की स्थित ग्लोरिया वा आस्तोरिया हल मध्य कुनमा हुन्छ पछी जानकारी गराउँछौ", एनआरएन फिन्ल्यान्डका कार्यबाहक अध्यक्ष बाल कृष्ण श्रेष्ठले भन्नुभयो ।
कार्यक्रम मार्फत ब्यापार-ब्यवसाय, रोजगार, अध्ययन लगायतको सिलसिलामा फिन्ल्यान्डमा रहेका नेपालीहरुलाई एकत्रित गरी मनोरन्जन प्रदान गर्नुका साथै नेपाली सँस्कृतिको प्रबर्द्दन गर्दै आगामी परियोजनाहरुको लागि आर्थिक कोष खडा गर्ने मुख्य उद्देश्य रहेको पनि श्रेष्ठले बताउनुभयो । फिन्ल्यान्डमा बसोबास गर्नुहुने नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल पारीदिनुहुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग