Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सभासद्को शपथ ग्रहण, एक वर्षमै संविधान लेख्ने प्रतिबद्धता

Published on 2:55:00 PM //

काठमाडौँ, माघ ७। संविधानसभाका नवनिर्वाचित सभासद्हरुले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज आयोजित विशेष समारोहमा सभासद्हरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

नव निर्वाचित संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्हरुलाई शपथ गराउनुभएको थियो।

शपथ लिनका लागि सभासद्हरु बिहान ९ बजेदेखि संविधानसभा भवन परिसरमा पुग्नुभएको थियो।

अधिकांश पुरुष सभासद्हरु टोपी, कोट, दौरा र सुरुवालको आफ्नो पहिरनमा हुनुहुन्थ्यो भने कतिपय सभासद्हरु आ–आफ्नो जाति र संस्कृति झल्कने पोसाकमा उपस्थित हुुनुहुन्थ्यो। त्यस्तै धेरैजसो महिला सभासद्हरु सारी–चोलो, कुर्ता – सुरुवालका साथसाथै आ–आफ्नो संस्कृति झल्कने भेषभूषा पहिरिएर शपथ लिन पुग्नुभएको थियो।

प्रायः सभासद्ले नेपाली भाषामा शपथ लिनुभएको थियो भने करिब ३५  सभासद्ले दशवटा विभिन्न मातृभाषामा शपथ लिनुभएको थियो। शपथ कार्यक्रम मध्याह्न १२ बजेर पाँच मिनेटमा सुरु भई झन्डै पाँच मिनेट चलेको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग