Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुटिङका क्रममा शहरुख खान घाईते

Published on 9:28:00 PM //

बलिउड अभिनेता शाहरुख खान बिहीबार बिहान फिल्मको सुटिङका क्रममा घाइते भएका छन्। मुम्बईमा सुटिङका क्रममा घाइते भएपछि उनलाई तत्काल नानावती हस्पिटल लगिएको उनीनिकट स्रोतले जानकारी गराएको छ। 
फराह खानले निर्देशन गरिरहेको फिल्म ‘ह्यापी न्यू इयर’को सुटिङका क्रममा सेट नै खसेको एनडिटिभीले जनाएको छ। उनी बिहीबार बिहान मुम्बईको जेडब्लु म्यारियट अस्पतालमा दीपिका पाडुकोनेसँग सुटिङ गरिरहेका थिए। ‘सुटिङका क्रममा खानको सानो दुर्घटना भएको छ, उनको उपचार भइसकेको छ, अहिले उनलाई पुरै सञ्चो भइसकेको छ, सबैलाई शुभकामनाका लागि धन्यवाद,’ शाहरुख खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग