Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै दुध बेचेर मासिक ३० हजार रुपैँया आम्दानी (अडियो रिपोर्ट)

Published on 9:15:00 PM //

१० वर्ष सम्म शहरमा पसल गरेर टाट पल्टेका छिमेकी जिल्ला अर्घाखाँचीको भगवती ९ काउले निवासी राजेन्द्र पाण्डेले यतिबेला दुध बेचेर महिनामा ३० हजार रुपैयाँ कमाउनु हुन्छ । दुई वर्ष अघि देखि ३ वटा जर्सी गाई र दुई वटा भैंसी पालेर तम्घासमा दुध बेच्न थालेका पाण्डे अहिले आफुलाई सफल कृषक ठान्छन्् ।  
 कृषकहरुले यसरी उत्साह पुर्वक काम गरे पनि कृषि विकास कार्यालयले आश्वासन मात्रै दिने गरेको प्रोत्साहन भने गर्न नसकेको गुनासो गर्ने उहाँको विहान चार वजे उठ्नु, घाँसपात , गोवरसोत्तर सक्नु र मोटर साईकलमा दुध राखेर तम्घासमा विहान ६ वजे आई पुग्नु दैनिकी बनेको छ ।
 यस्तै मेहनत गर्न सके विदेशमा हुने कमाई यसै पेशाबाट गाउँमै बसेर लिन सकिन्छ भन्दै पाण्डेले आफु जस्तै युवाहरुलाई विदेश नजान प्रेरित गर्दछन् । सुनौ सहकर्मी प्रेम सुनारले उनै सफल कृषक राजेन्द्र पाण्डेको गोठमा पुगेर तयार गरेको स्थलगत रिर्पोट: 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग