Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्ता छन महिलाको दूधबाट बनेका साबुनका फाईदाहरु

Published on 5:17:00 AM //

विभिन्न घरपालुवा तथा जङ्गली जनावरका दूधलाई औषधिजन्य या अन्य प्रयोजनमा उपयोग गर्ने गरिएका समाचार हामी बेलाबखत सुन्ने गर्दछौँ तर, मानिसको दूधबाट साबुन बनाएर त्यसलाई व्यावसायिक प्रयोजनमा उपयोग गरिएको खबरचाहिँ बेग्लै र अनौठोको सन्दर्भ हुन सक्छ ।
कुरा चीनको हो । चीनमा महिलाले आफ्नो स्तनको दूधलाई साबुन बनाउने काममा उपयोग गर्न थालेका छन्। आफ्ना काखे बच्चालाई पिलाएर उब्रिएको दूध उनीहरू यसरी विशेष प्रकारको साबुन बनाउन प्रयोग गर्दछन्। एजेन्सीहरूले उल्लेख गरेअनुसार मानव–स्तनको दूधबाट बनेको साबुनले छाला गोरो हुने, त्यसले नुहाएपछि लामो समयसम्म छालालाई एक सुरक्षित कवचको काम गर्ने लगायतका फाइदा हुने प्रचार गरिएको छ। महिलाको यस कार्यलाई चिनियाँ प्रशासनले भने अवैध र अमानवीय भन्दै तुरुन्त यस्तो साबुनको निर्माण र बिक्री रोक्न चेतावनी दिएको बताइएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग