Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विवाह दर्ता गरेबापत रु १५०० घुस

Published on 2:06:00 PM //

धुर्कोट (गुल्मी), १५ माघ । विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले रु एक हजार ५०० घुस लिएको रहस्योद्घाटन भएको छ ।

दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्योद्घाटन भएको हो । “पहिला नागरिकता बनाउँदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको रु ५०० दिएँ,” खत्रीले भन्नुभयो पछि नागरिकता आउनेबेला उहाँले श्रीमतीसँग रु एक हजार मागेर लानुभयो ।

ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरु समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । “भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्” उहाँले भन्नुभयो ।

पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको रु एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताउनुभयो  । “सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो”, लोकमायाले भन्नुभयो “हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।”

गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।

“उहाँहरु चार÷पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनु पर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो” भन्दै उनले यसरी आफ्नो सफाइ दिए ।  रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग