Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँको एउटा सानो टोलबाट मात्रै ८ लाखको सुन्तला (अडियो कुराकानी)

Published on 4:05:00 AM //

प्रेम सुनार
गुल्मी २१ पुस । कुनै समय घरका आगन्तुक, आफन्तलाई बाँडेर सक्ने र यदाकदा कसैले डोकोमा बोकेर तम्घासमा ल्याई मुस्कीलले नुन, तेलको जोह गर्ने गुल्मी अर्खले २ वालकाटेका कृषकहरुले यसपाली सुन्तला बेचर ८ लाख रुपैयाँ पहिलो पटक भित्राए ।
त्यस वालकाटे गाउँका जम्मा १७ घरधुरीले कसरी ८ लाख रुपैयाँ यस वर्ष आम्दानी लिन सके त ? यसको पनि आफ्नै राज छ । उनिहरुले दुई वर्ष अघि ब्यवसायीक सुन्तला समुह अर्खले २ वालकाटे गठन गरे । त्यो समुहलाई कृषि विकास कार्यालय र सहकारी डिभिजन कार्यालयले प्रविधिक सहयोग ग¥यो र समुहगत ढंगले ब्यबसायीक हुँदाको फाईदाबारे चेतना फैलायो । फलस्वरुप दुई वर्ष अघि गठन भएको ब्यवसायीक सुन्तला समुह वालकाटेले यसपाली कुनै ठेकेदार खोजेन समुहले नै सुन्तला बुटवल पुराएर आठ लाख रुपैयाँ पा¥यो । समुहका अध्यक्ष मुमराम अधिकारीले भने –‘सुन्तला पाके देखि ठेकेदारहरु पटक पटक नधाएका होईनन् तर हामी समुहले नै विक्रि गर्ने भनेर बुटवल लग्यौे र पहिलो पटक यस वालकाटे गाउँको सत्र घरले आठ लाख रुपैयाँ भित्रायौं ।’
समुहमा उनै अध्यक्ष मुमराम, सचिव सावित्रा मरासीनी, सदस्यहरु क्रमशः लक्ष्मी श्रीापाली, धनकला मरासीनी, धनकला पुन, कृष्णप्रसाद मरासीनी, कमला मरासीनी, सावित्रा अधिकारी, झविन्द्र अधिकारी, गंगा मरासीनी, थम्मनकुमारी मरासीनी, हिमलाल अधिकारी, गुणानिधी अधिकारी, नारायणप्रसाद अधिकारी, जाडुराम पाण्डे, देविराम पौड्याल, कमला पौड्याल र लक्षमी मरासीनी लगायतको एक मन एक तनको भावनाले पहिला ेपटक वालकाटे गाउँमा सुन्तलाबाट एक वर्ष मैं ८ लाख भित्रिएको हो । यस सम्वन्धमा सुनौं त्यस ब्यसायीक सुन्तला समुह अर्खले २ वालकाटेका अध्यक्ष मुमराम अधिकारीसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गरेको टोलीफोन रेडियो कुराकानी:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग