Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एलाक डीपीको औपचारिक उद्घाटन आज

Published on 4:09:00 AM //

विष्णु पौडेल
गुल्मी, पुस २२ । सरकारी सेवालाई चुस्त वनाउँदै थप गुणस्तरीय वनाउने उद्देश्यले गुल्मीमा सञ्चालित एलाक डीपी परियोजनाको औपचारिक उद्घाटन आज हुँदै छ ।
ट्रान्परेन्सी इन्टरनेशनल नेपालद्धारा सुशासन अभियान गुल्मी मार्फत सञ्चालित परियोजनाको ट्रान्परेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुवहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विहान ११ वजे जिल्ला विकास समितिको सभाहलमा हुने उद्घाटन कार्यक्रमको सवै तयारी पुरा भएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो ।उद्घाटन कार्यक्रमको लागी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष केसी आजै गुल्मी आईपुग्नुभएको छ । सेवाप्रदायक सरकारी कार्यालयको सार्वजानिक सेवालाई थप गुणस्तरीय वनाउँदै समयमै सेवा पु¥याउन सहयोग गरिने लक्ष्य सहित गुल्मीमा परियोजना लागु गरिएको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले वताउनुभयो ।
भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरु मार्फत सहकार्य गर्दै आएको ट्रान्परेन्सीले इन्टरनेशनल नेपालले दोस्रो चरणका ६ जिल्ला अन्तर्गत गुल्मीमा पनि परियोजना सञ्चालन गरेको हो । परियोजनाको दोस्रो चरणमा गुल्मी सहित काठमाण्डौ, धादिङ्ग, सुर्खेत, कैलाली र मोरङ्ग जिल्लामा परियोजना लागु गरिएको छ । सरकारी निकाय तथा सार्वजानिक संस्थानवाट प्राप्त हुने सेवा लिँदा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा परियोजनाले काम गर्ने कार्यक्रम अधिकृत कुँवरले वताउनुभयो ।
सरकारी कार्यालयवाट सेवा प्राप्त गर्दा हैरानी तथा ढिलासुस्ती खेप्नुपरेमा कानुनी सरसल्लाह र परामर्शका लागीे कार्यलयको सम्पर्क नम्वर ०७९५२०८५४ मा फोन गरी गुनासो गर्न उहाँले आग्रह गर्नुभयो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग