Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारवर्षभित्र आफ्नो क्षेत्रका सबै घरमा विद्युत : विष्ट

Published on 5:17:00 AM //

काठमाडौ । नेकपा एमालेका युवा नेता एवं सविधानसभाका सदस्य गोकर्ण बिष्टले गुल्मीको आफ्नो क्षेत्रमा चार वर्षभित्र सबै घरमा विद्युत सेवा पु¥याएरै छोडने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले आफु एमालेबाट निर्वाचित भएपनि अब सबै पार्टीको जनप्रतिनिधि भएकाले सबैको हितमा काम गर्ने बताउनुभयो ।
उहाको सहयोगका लागि गठित बुद्धिजीबी निर्बाचन कमिटीको आयोजनामा बुद्धिजीबीहरुलाई धन्यबाद दिन शंखमुलको एवर्नेस एकेडेमीमा भएको कार्यक्रममा बिष्टले सविधान निर्माण, विकास र जनचाहनालाई एकै साथ सम्बोधन गर्दे जानुपर्ने जनप्रतिनिधिको दायित्व रहेको बताउनुभयो । ‘अब बिचार र कार्यक्रमका आधारमा अगाडि बढनुपर्छ उमेरका आधारमा होइन,’ उहाँले भन्नुभयो ।
बुद्धिजीबी खिमानन्द पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसाल, संयुक्त राष्ट्रसंघका पुर्व उपमहासचिब कुलचन्द्र गौतम, नोपल समाचारपत्र दैनिकका सम्पादक टंक पन्त, लायन्स क्लबका अगुवा एवं समाजसेबी भीम पौडेल, एवर्नेस एकेडेमीका अध्यक्ष हरि ज्ञवाली, प्रिन्सिपल बिष्णु अर्याल, बुद्धिजीबी निर्वाचन परिचालन कमिटीका सचिब बिमल घिमिरे, पार्टी प्यालेस संघका उपाध्यक्ष्य बिष्णुप्रसाद भण्डारी, छपनी समाजका अध्यक्ष चिरञ्जीबी भण्डारी, बरिष्ठ लोकगायक बमबहादु कार्की, कुषि मन्त्रायका सहसचिब डा युबकध्वज जोशी, डिल्लीराज भुसाल लगायत बिभिन्न मन्त्रालयका अधिकारी, नागरिक समाज, ब्यापारीहरुले बिष्टलाई बधाइ दिनुभएको थियो । -नेपाल समाचारपत्र दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग