Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा नयां बर्षको रमझम (फोटो फिचर)

Published on 5:10:00 PM //

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको १ जनवरी बुधबारका दिन दुबईको एभरेष्ट होटलमा युएईस्थित कार्यरत नेपालीहरुले अग्रेजी नयां बर्ष २०१४ लाई विविध रंगारंग सांस्कृतिक कार्यक्रमको माहौलमा शुभकामनाआदानप्रदानका साथ मनाएका छन् । सो कार्यक्रम नेपाल पत्रकार महासंघ युएई शाखाले नयां बर्षको अवसरमा आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन मध्य पूर्व संयोजक चन्द्र रोका रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहालले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय कलाकारहरु, समाजसेवी, महिला र पत्रकारहरु रहेका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई औपचारिक कार्यक्रम पत्रकार त्रिलोचन कोइरालाले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई पत्रकार निमेष गिरीले संचालन गर्नु भएको थियो । अध्यक्ष अर्जुन दाहालको शुभकामनाबाट थालनी भए लगत्तै प्रमुख अतिथिबाट बैनरको उद्घाटन पश्यात् शुभकामनामन्तव्य कार्यक्रम संयोजक एकेन्द्र थापाले राख्नु भएको थियो ।
साहित्यकार समदर्शी काइलाको कविता “आदिम गुफाबाट एकाबिहानै निस्किएर, अलिकतिमाथि देउरालीसम्म पुगेर,” बाचन लगत्तै “म त आउने थिएन, यहि चाल होला भनेर” प्रकाश न्यौपानेले गाएको गीतले हललाई तताउन सुरु गरेको थियो । हल तातेको मौकामा रमेश खड्काको हास्य नृत्यले सम्पूर्ण दर्शकलाई हास्दै लोटपोट हुन बाध्य तुल्याएको थियो । “डाडै फुर्के सल्लो” र “जिम्बाल बाको आगनमा सत्य नारायण पूजा भाको” गोपी कृष्ण पंगेनीको गीतमा सबै नाच्न थालेका थिए भने स्थानीय चर्चित कलाकार दीपक तमुको “फुल मन्जरीले” गीतमा गरेको नृत्यलाई सबैले मन पराए । “छाएछ बसन्त” रेखा घिमिरेले गाएको गीत पनि निक्कै सान्र्दभिक लाग्दथ्यो । विविध सांस्कृतिक प्रस्तुतिका साथै कविता बाचनले पनि कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिएको थियो । कविता बाचन गर्ने साहित्यकारहरुमा समदर्शी काइला, बुनु उप्रेती, बिद्रोही साइला र उमेश राई रहेका थिए ।
सो अवसरमा चर्चित गायिका रेखा घिमिरेको “खुशी” एल्वम दुबईमा छायांकन गरिएको म्युजिक भिडियोको विमोचन गरिएको थियो । नेपालबाट आएका एशिया कप क्रिकेट टिमलाई एनआरएनए युएई र नेपाल पत्रकार महासंघ युएई शाखाले संयुक्त रुपमा खादा ओढाएर सम्मान समेत गरेका छन् ।
नयां बर्ष २०१४ को पावन अवसरमा आ–आफ्ना मन्तव्य र शुभकामना राख्ने वक्ताहरुमा अर्जुन दाहाल, चन्द्र रोका, ज्ञानेन्द्र कार्की, कृष्ण भुसाल, डिआर गुरुङ, यामलाल पंगेनी, हेमन्त पौडेल, डियल शर्मा, राज बस्नेत, राजु खड्का, दीपकराज पौडेल, पिताम्बर पाण्डे र बाबुराम बिक रहेका थिए ।








0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग