Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो देखियो कोरियामा "रेसुङ्गा सांस्कृतिक झलक भाग २" (फोटोहरु)

Published on 4:13:00 AM //

टामलाल अर्याल
दक्षिण कोरिया l कोरियाको महान चाड सलनालको अवसरमा गुल्मी सम्पर्क समिति कोरियाले जनवरी ३१ तारिकको दिन आयोजना गरेको "रेसुङ्गा सांस्कृतिक झलक भाग २" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

"बृद्ध बृद्धा हाम्रा भगवान् हुन्, बृद्धा आश्रम सहयोगको लागि हाम्रो अभियान " भन्ने नारा बोकेको "रेसुङ्गा सांस्कृतिक झलक कार्यक्रम २ चरणमा बिभाजित गरिएको थियो । गुल्मी सम्पर्क समितिका अध्यक्ष शंकर रानाको सभापतित्व भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुताबासका राजदुत कमानसिंह लामा, बिशिष्ठ अतिथि राजनीतिज्ञ प्रदिप कुमार ज्ञवाली, NCC अध्यक्ष लोचन राइ, NRN अध्यक्ष बिनोद कुँवर, NRN प्यासिफिक गंगाराज राई, NRN आइसीसी प्रतिनिधि के.पी.सिटौला,कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन, ओमन फोर ओमनका अध्यक्ष जुनु गुरुङ लगायत कोरियाका अन्य सक्रिय संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
 औपचारिक कार्यक्रमको समुद्घाटन कोरियाका नेपाली राजदुत कमानसिंह लामाले पानसमा दियो बालि गर्नुभएको थियो । उद्घाटन पश्चात प्रमुख अतिथी तथा अतिथिहरुले मन्तव्यको क्रममा आ आफ्नो धारणाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा गुल्मेली ब्यक्तित्व तथा सभाका बिशिष्ट अतिथि प्रदिप कुमार ज्ञवालीलाइ सम्मान पनि गरिएको थियो ।

 उक्त औपचारिक कार्यक्रमको संचालन संस्थाका सचिब चन्द्र पराजुलीले गरेका थिए भने कार्यक्रमका सभापति शंकर रानाले छोटो मन्तव्यका साथमा कार्यक्रम सफल पार्न सहभागी हुनु भएका सम्पूर्ण संस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार तथा उपस्थित नेपाली समुदायहरुमा धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
 कार्यक्रमको दोश्रो चरणमा नेपालका प्रसिद्ध हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे), चर्चित भर्सटाईल गायक दिपक लिम्बु, लोकदोहरी गायक कुलेंद्र बिक, चर्चित लोकदोहरी गायिका सम्झना लामिछाने मगर, नेपाली हट नायिका सुष्मा कार्की तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले खचाखच भरिएको हललाइ तताएका थिए ।
कार्यक्रममा जितु नेपालले पेट मिचिमिची हसाएका थिए भने अन्य कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । दोश्रो चरणको मनोरन्जनात्मक कार्यक्रमको संचालन हाँस्यकलाकार जितु नेपाल तथा पुरन रानाले गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग