Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लण्डनमा दर्जनौं नेपाली विद्यार्थी अलपत्र, युनिभर्सिटीको लापार्वाही बिरुद्द मुद्दा

Published on 3:57:00 AM //

ध्रुबराज अर्याल, लण्डन
लण्डनस्थित ग्लीण्डर युनिभर्सिटीको स्पोन्सरमा एल एस बी एफ कलेजमा सिमा कोर्समा अध्ययनरत दर्जनौ नेपाली विद्यार्थी अलपत्र परेका छन । युनिभर्सिटी र कलेजबीचको सम्झौता तोडिएपछि ग्लीन्डर फिर्ता बोलाइएका उनीहरुलाई विश्वविद्यालयले लिन अस्वीकार गर्दै देश फर्किन भनिएपछि चार दर्जन बढी नेपाली विद्यार्थी समस्यामा परेका हुन ।
न्युनतम ८० प्रतिशत हाजिरी, पांच वटा विषय उत्र्तिण गरेको नतिजा लगायतका विभिन्न मापदण्ड पुरा गर्न नसकेको भन्दै ती नेपालीसहित झण्डै दुई सय विद्यार्थीको स्पोन्सर युनिभर्सिटीले रद्ध गरिदिएको हो । यस विषयमा युके बोर्डर एजेन्सीलाई पनि जानकारी गराइएको भन्दै युनिभर्सिटीले सबै विद्यार्थीलाई ६० दिनभित्र आ आफनो देश फर्किने तयारी गर्न आग्रहसहित इमेल पनि पठाएको छ । इमेलमा युनिभर्सिटीको निर्णयमा कुनै पुनर्विचार हुन नसक्ने र विद्यार्थीहरुलाई यसको विरुद्धमा अपिल गर्ने अधिकार नभएको समेत जानकारी गराइएको छ ।
तर विद्यार्थीहरुले भने युनिभर्सिटीले सबै विद्यार्थीलाई पठनपाठन गराउन पर्याप्त भौतिक पुर्वाधार नभएका कारण विद्यार्थीका कमजोरी देखाएर निश्कासन गरेको दाबी गरेका छन । आफुहरुलाई तीन वर्षको शुल्क यसअघि नै एकैपटक बुझाउन लगाएको भन्दै उनीहरुले नियोजित रुपमा विश्वविद्यालयले ठगी गरेको आरोप लगाएका छन । उनीहरुमध्ये धेरैले सातदेखि आठ हजार पाउण्डसम्मको शुल्क बुझाएका थिए ।
झण्डै तीन वर्ष लामो सिमा कोर्सको अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई एक वर्ष पनि पुरा नहुंदै देश फर्किन भनिएपछि पिडित विद्यार्थीहरु यतिबेला आन्दोलित भएका छन । उनीहरुले युनिभर्सिटीले आफनो व्यापारिक स्वार्थका लागि आफुहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डरविरुद्ध हाई कोर्टमा मुद्दा दायर गराएका छन । सो मुद्दामा सोमबार भएको प्रारम्भिक सुनुवाइपछि विद्यार्थीहरुलाई अध्ययन पुरा नहुंदै देश फर्किन लगाउनुपर्ने कारण एक हप्ताभित्रमा पेश गर्न ग्लीन्डरलाई आदेश दिइएको पिडितमध्येका एक विद्यार्थी सुमन बिसुरालले जानकारी दिए । त्यस्तै युकेबीए लाई पनि ती विद्यार्थीहरुको विषयमा तत्काललाई कुनै निर्णय नगर्न स्टे अर्डर जारी गरिएको उनले बताए ।
यसअघि पिडीत विद्यार्थीहरुले आफुहरुमाथि अन्याय भएको भन्दै कैयौंपटक ग्लीन्डर युनिभर्सिटी र एलएफबिएस कलेजमा धर्ना समेत दिएका छन ।
व्यापारिक स्वार्थका लागि आफुहरुलाई अलपत्र पारेको भन्दै ग्लीन्डर युनिभर्सिटी विरुद्ध बिरोध जनाउँदै सो युनिभर्सिटीमा अध्यनरत विद्यार्थीहरु । तस्बिर: ध्रुबराज अर्याल
गत अप्रिलमा भएको सम्झौताअनुसार ग्लीन्डर युनिभर्सिटीले स्पोन्सर गरेका झण्डै चार सय विद्यार्थीहरु एलएफबिएस कलेजमा सिमा कोर्समा अध्ययनरत थिए । कलेजको स्पोन्सरमा रहेका विद्यार्थीहरुले काम गर्नेअधिकार नपाउने भएकाले धेरै विदेशी विद्यार्थीहरु आकर्षित गर्ने उद्देश्यले सो सम्झौता गरिएको थियो । त्यसक्रममा भर्ना भएका सयौं विद्यार्थीबाट अत्यन्तै कडाइका साथ तीन वर्षको शुल्क सुरुमै उठाइएको थियो । तर केहि समयपहिले सो सम्झौता तोडिएपछि ग्लीन्डरले स्पोन्सर गरेका विद्यार्थीहरुलाई ग्लीन्डरमैपठनपाठन गराउने निर्णय भएको थियो । त्यसक्रममा निर्धारण गरिएका मापदण्ड पुरा गर्न नसकेका विद्यार्थीको स्पोन्सर विश्वविद्यालयले रद्द गरिदिएको हो । तर ती मापदण्ड पुरा गर्ने अन्य दुई सय विद्यार्थीहरुलाई पनि अन्तरवार्ताको लागि बोलाइएको छ । अन्तरवार्ता पास गर्न नसक्नेहरुको पनि स्पोन्सर रद्द गरिने युनिभर्सिटीले बताएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग