Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः हस्तीचौरका श्यामलाई जापनबाट ५५ हजार सहयोग

Published on 6:17:00 AM //

गुल्मी, २३ माघ ।   गुल्मी न्युज डटकम मार्फत कार्यक्रम ओझेलका खवरमा मुटु रोग पिडित गुल्मी हस्तिचौर जुकेपानीका श्याम घर्तिको कथा व्याथा प्रसारण भएपछी त्यो सुनेर जापानवाट उनको उपचारका लागि ५५ हजार भन्दा बढी रकम सहयोग पठाईएको छ ।
हस्तीचौर १, मल्दी घर भई जापानमा कार्यरत दानेन्द्र महतको अगुवाइमा त्यहा कार्यरत नेपालीहरुबाट ५५ हजार भन्दा बढी रकम ओझेलका खवर सञ्चालक पे्रम सुनारको नाममा पठाईएको हो । काठमान्डौ आईपुगेको जानकारी आफुलाई प्राप्त भएको र सो रकम भोली तम्घासको बैंकबाट झिकी पिडित परीवारलाई बुझाउने ओझेलका खवर सञ्चालक सुनारले जानकारी दिनुभयो ।
जापानबाट सहयोग पठाउनेमा हस्तिचौर १ मल्दिका दानेन्द्र महतले १० हजार, मुसीकोट अमराईका किसानबहादुर महतले १० हजार, विष्णु महतले १० हजार, वामीका हरी खत्रीले ५५ सय , वामीकै अर्जुन महतबाट ५ हजार, चितवनका देविसा सापकोटाबाट ५१ सय १ , भारतका रविन्द्र सिंहले ५ हजार, बडागाउ मैदानका बुद्धवल घिमीरेले ३ हजार,वामीका अङकित खत्रीले ३ हजार, चितवनका बावुराम शर्माले १ हजार र वामीका गुञ्ज खत्रीले १ हजार सहित ५५ हजार करिब पठाईएको हो ।
सो रकम सहयोग पठाएकोमा पिडित परीवार एवंम उनीहरुको कथा व्याथा ओझेलका खवरमा ल्याई पुराउने हस्तिचौर १ तरिखर्कका समाज सेवी ईन्द्रबहादुर कुंवरले आभार प्रकट गर्नु भएको छ ।
श्यामको बुधवार शहिद गगालाल हृदय रोग उपचार केन्द्र काठमाण्डौमा शल्यकृया हुने भएको र सो कार्यका लागि अढाइृ लाख रुपैयाँ गुल्मी न्युज डटकम सहित ओझेलका खवर युनिटले संकलन गराई दिन सफल भएको प्रति  आभार प्र्कट गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग