Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि सडकमा पक्की पुल

Published on 12:46:00 AM //

घनश्याम गौतम
गुल्मी, फागुन ४ । जिल्लाको तेस्रो महत्त्वपूर्ण कृषि सडकमा पक्की पुल निर्माण भएपछि दूध र तरकारी उत्पादन गर्दै आएका व्यावसायिक किसानलाई राहत मिलेको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा गुल्मी र अर्घाखाँची जोड्ने रिडी-खज्र्याङ-बल्कोट सडकको सातमुरे खोलामा पुल निर्माण भएको हो । पुल बनेपछि गुल्मीका दिगाम, खज्र्याङ, अमरअर्वाथोकसहित आधा दर्जन गाविस र अर्घाखाँचीको उत्तरी क्षेत्रका केही गाविसका व्यावसायिक किसानलाई कृषि उपज बजार पुर्‍याउन सहज भएको छ । त्यस क्षेत्रमा करिब १ सय ५० व्यावसायिक किसान छन् । दिगामका नारायण पाण्डेले भने, 'अब दूध र तरकारीसँगै दाहसंस्कारका लागि रिडीमा शव लान पनि सजिलो हुने भयो ।'

पुल अभावमा खोला तर्ने क्रममा सातमुरेले धेरैलाई बगाइसकेको छ । २५ मिटरको पुल २ करोड १२ लाख ९ हजार ४ सयमा निर्माण भएको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । पुलसँगै १४ लाखमा खोलामा तटबन्ध लगाइएको छ । कृषि सडक विभागअन्र्तगत जिल्लामा बनेको यो पहिलो पक्की पुल हो । गुल्मीमा करिब १ हजार किमि कच्ची सडक निर्माण भएकामा ५ सय किमि कृषि सडक छ । अन्य सडकमा पनि पुल निर्माणाधीन रहेको जिविसले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्र र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसलाई बाहिरी जिल्लासँग जोड्ने रिडी-खज्र्याङ-बल्कोट सडक व्यस्तसमेत भएकाले पुल निर्माणलाई प्राथमिकतामा राखिएको ज्ञवालीले बताए । यो प्रस्तावित मध्यपहाडी राजमार्गको समानान्तर सडक पनि हो । पूर्वजिविस सभापति कौशल पोखरेलले भने, 'पुलले मध्यपहाडी मार्गको समानान्तर रूपमा परिकल्पना गरिएको तनहुँको भिमादबाट रिडी हुँदै सुर्खेत जोड्ने बाटोका लागि पनि सहयोग पुग्नेछ ।'

स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सडक निर्माण पर्याप्त मात्रामा भए पनि अधिकांशमा हिउँदका लागि मात्र गाडी चल्ने गरेको र वषर्ामा खोलाहरूकै कारण बन्द हुने गरेकाले विभागले पुल निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग