Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अप्डेट: पोखराबाट १८ जनासहित जुम्ला उडेको जहाज मसिनेलेकमा दुर्घटना भएको पुष्टि

Published on 6:18:00 AM //

५ फागुन, काठमाडौं । आइतबार दिउँसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविसको ८ मसिनेलेकमा दुर्घटना भएको पुष्टि छ ।
घटनास्थल पुगेका प्रहरी निरीक्षक गोविन्द पन्थीले विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अनलाइखबरलाई बताएका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्दार सुरु गरेको छ । घटनास्थलमा रहेका सशस्त्रका प्रहरी निरीक्षक किरण खत्रीले पश्चिम क्षेत्र शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआईजी नारायणबाबु थापालाई दिएको जानकारी अनुसार १८ जनाको शव भेटिएको छ । केहीको शव भने पहिचान हुन सक्ने अवस्थामा रहेको थापाले बताए ।
दुर्घटनास्थल करिब सात हजार फिट उचाईमा रहेको नेपाली सेनाले जनाएको छ ।
डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको विमानका टुक्रा र मृतकको शवका टुक्रा २/३ सय मिटर वरपर भेटिएका छन् ।स्थानीयबासीले सोमबार विहान मसिनेलेकमा विमान दुर्घटना भएको खबर गरेपछि प्रहरी टोली गएको थियो । यसअघि खिदिममा दुर्घटना भएको भनिएको थियो ।
काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको विमानमा विमानमा चालक दलका सदस्य र एक बालकसहित १८ जना छन् ।
अन्तिम पटक १:१३ मा भैरहवा विमानस्थलसँग सम्पर्क हुँदा क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । अपराह्नतिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग