Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एनआरएन युकेको नियमित बैठक सम्पन्न

Published on 4:44:00 AM //

फडिन्द्र भट्टराई
लन्डन, १६ फेब्रुअरी । गैर आवासीय नेपाली संघ युके कार्यसमितिको चौथो नियमित बैठक संघका अध्यक्ष्य योगेन बहादुर क्षेत्रीको अध्यक्ष्यतामा बेजिनस्टोक स्थित कार्निभल हलमा सम्पन्न भएको छ| नव मनोनित सल्लाहकारहरु पुर्व अध्यक्ष्यहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगाएतको उपस्थितिमा भएको सो बैठक को संचालन संघका महासचिब योग कुमार फगामीले गर्नु भएको थियो | नेपालमा भएको दुखद जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौन धारण गरि बैठक शुरु गरिएको थियो |
बैठक को प्रारम्भमा राष्ट्रिय समन्वय परिषद बेलायतको निमन्त्रणामा आगामी मार्च ७ देखि ९ सम्म हुने अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष्य शेष घलेको भ्रमण सम्बन्धि जानकारी दिदै अध्यक्ष्य योगेन क्षेत्रीले सोहि अवसरमा मार्च ८ मा हुने महिला दिवसको कार्यक्रम भब्य रुपमा सफल बनाउन अनुरोध गर्नु भयो | साथै आइ सी सी अध्यक्ष्यको भ्रमणलाई सफल बनाउन पुर्व अध्यक्ष्य तथा संरक्षक मे. रि. डम्मर घले, अध्यक्ष्य योगेन क्षेत्री तथा महासचिब योग कुमार फगामीलाई जिम्मेबारी दिने निर्णय भयो | त्यसैगरि महिला दिवसको कार्यक्रम तयारीको लागि महिला संयोजक बबी लामा, कार्यक्रम संयोजक संगीता मरहटठा, उपाध्यक्ष्य शान्ति थापा, आइ सी सी सदस्य शुष्मा राई तथा सदस्य कुमारी गुरुङ लाई जिम्मेबारी दिइयो| यसका अलावा एक देश एक प्रोजेक्ट अन्तर्गत नेपालमा बृदाश्रम निर्माणार्थ सहयोग संयोजन अध्यक्ष योगेन क्षेत्रीले गर्ने साथै नेपालमा एन आर एन भवन निर्माणको लागि गरिने सहयोग जुटाउन अर्का अध्यक्ष महेन्द्र कडेलले संयोजन गर्ने समेत निर्णय भएको छ | उक्त कार्य को लागि दश - दश हजार पाउण्ड बिनियोजन गरि च्यारिटी कार्यक्रम मार्फत परिपूर्ति गर्ने व्यवस्था मिलाइएको छ | साथै उपरोक्त रकममा अन्य चन्दादाताहरुको सहयोग समेत थप गरि महिला दिवसको कार्यक्रममा आइ सी सी अध्यक्ष्य शेष घलेलाई हस्तान्तरण गरिने तयारी रहेको छ |
बैठकमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आइ सी सी सल्लाहकार तथा एन सी सी बेलायतका संरक्षक मे. रि. डम्मर घले निर्वर्तमान अध्यक्ष्य तथा संरक्षक कुल आचार्य आइ सी सी सदस्यहरु, उपस्थित सल्लाहकार खुसीमान गुरुङ , जीव बेलबासे, अर्जुन तिलिजा लगाएत सबैले बिबिध बिषयमा आ आफ्ना धारणा राख्दै व्यापक छलफल गर्नु भएको थियो| बैठकमा कोषाध्यक्ष दासु पाण्डेले आर्थिक अपडेट प्रस्तुत गर्दै वक्यौता रकम समयमा पूर्ति गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको थियो | सोहि अवसरमा उपस्थित आइ सी सी सदस्यहरु थर्क सेन, शुष्मा राई , बिजन भट्ट तथा सुरेन्द्र श्रेष्ठ लाई खादा लगाएर सम्मान गरिएको थियो|

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग