Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारबाट तीनजना पिडीतहरु वल्लतल्ल स्वदेश फर्के

Published on 1:20:00 AM //

तिलविक्रम थेवे
दोहाकतार । चर्कोव्याजमा हजारौं, लाखौं ऋण लिएर वैदेशिक रोजगारीका लागि खाडीमुलुक कतारमा आएका धेरै नेपालीहरु विभिन्न समस्याबाट गुज्रिरहेकाछन् भने नेपाली कामदारहरुको समस्या अझै बढ्दै गएको छ ।

कतारको औद्योगिकक्षेत्र (सनैया–६) मा रहेको एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ३१ जना नेपाली कामदारहरुले आफ्नो तलव नपाएपछि श्रम अदालत, हुदै कतारको हाईकोर्टमा मुद्धा हालेका पिडीत कामदारहरुमध्ये घनश्याम नेपाल, भवानीशंकर सिलवाल र देवेन्द्र सापकोटाले आफ्नो तीन महिनाको तलव सुविधा सवै माया मारेर भएपनि गत फरवरी ११ तारिख नेपाल फर्कीसकेका छन् ।

कम्पनीले फर्कर्ने ओपन हवाई टिकट हातमा थमाईदिएका बाँकी ८ जना अमित दुमी राई, गौरव कडेल, अशिक तामाङ्ग, इन्द्र कामी, श्याम चौधरी, ताराप्रसाद बास्कोटा, हिरन बहादुर राई, रामचन्द्र बोहोरा, किशोर विक रहेकाछन् पिडीतहरु हातमा टिकट लिएर स्वदेश फर्कन पाउने अलिकति खुशी भएपनि आफुले पाउनुपर्ने तीन महिनाको तलव मायामारेर फर्कनुपर्ने पिडा बढी छ भने त्यही हातमा रहेको टिकटबाट पनि फर्किन पाउने कि नपाउने कुरामा पनि ढुक्क नभएको बताए ।

हाल उनीहरु आफ्नै क्याम्पमा बसिरहेपनि आफुहरुसंग खाद्य सामागी किन्न पैसा नभएको खानको समस्या टड्कारो रहेको पिडीतहरुले बताएकाछन् । हातमा ओपन हवाई बोकेर बसेका ८ जना लगायत कम्पनीले हवाई टिकट दिन बाँकी रहेका २८ जनाले हाईकोर्टबाट आफ्नो मुद्धा अझै फिर्ता नलिएको बताउदै आफूहरु अझै अन्यौलमा रहेको बताएकाछन् ।

कम्पनीले फर्कर्ने ओपन हवाई टिकट हातमा थमाईदिएका बाँकी ८ जना अमित दुमी राई, गौरव कडेल, अशिक तामाङ्ग, इन्द्र कामी, श्याम चौधरी, ताराप्रसाद बास्कोटा, हिरन बहादुर राई, रामचन्द्र बोहोरा, किशोर विक रहेकाछन् पिडीतहरु हातमा टिकट लिएर स्वदेश फर्कन पाउने अलिकति खुशी भएपनि आफुले पाउनुपर्ने तीन महिनाको तलव मायामारेर फर्कनुपर्ने पिडा बढी छ भने हातमा हवाई टिकटपनि नभएका पाँचथरका धुमबहादुर आले मगर, इलामका जग बहादुर जिम्बा, प्रदीप राई, झापाका विनोद पराजुली, पेम्बा तामाङ्ग, पशुपति देवकोटा, दधिराम ढकाल, सुखमान तामाङ्ग, अनिल विह्वकर्मा, दिपक मेचे, र तिलबहादुर तामाङ्ग, मोरङ्गका  रितुमान बस्नेत, गोरखाका लालबहादुर श्रेष्ठ, नवलपरासीका  गाविन्द चमर, विजय केवट, वेचै चमर, संखुवासभाका पदम कटुवाल, ठगेन्द्र कटुवाल र मकवानपुरका दिपक रीजाल रहेका छन् ।

यसैगरी अर्को एउटा कम्पनीमा पनि इलेक्ट्रिसियन भनेर कस्तुरी इन्टरनेशनल ओभरसिजले पठाएका ५ जना नेपाली कामदारहरुले नेपालीबाटै आफुले पाउनुपर्ने तलव नपाएर विचल्ली भएका छन् । मकवानपुरका कृष्णबहादुर लामिछाने, भोजराज पाख्रिन, महेन्द्र फुयाल र मुकुन्द रुपाखेती र धनुषाका राजीन्द्र सादा मुसारले ३ महिनाको तलव पाउनुपर्ने तर १५ दिनकोमात्र तलव पाएको बताउदै आफूहरुलाई इलेक्ट्रिसियन भनेर ल्याएको तर यँहा कन्स्ट्रक्सनको काममा लगाएको बताए ।

मेनपावरलाई जनही ८० हजार रुपिया तिरेर आएको बताउने यी पिडीत कामदारहरु आफुहरुको बस्ने व्यवस्थासमेत राम्रो नभएको र भुईमा सुतिरहनुपरेको बताएकाछन् । कामदारहरुसंग प्रत्यक्ष भेटेर आएका मकवानपुर मिलन केन्द्रका सचिव युवराज थापा र सहसचिव सुदन राजविक्रम ठकुरीका अनुसार पिडीत कामदारहरुले ५ महिनादेखि तलव नपाएका र भिषा नलगाई दिएका अन्य कामदारहरु समेत त्यस कम्पनीमा रहेकाछन् ।

यी नेपाली कामदारहरुहरुलाई ल्याएर सप्लाईमा अन्य कम्पनीहरुमा दिने जनकपुरका दुश्यष्त मल्लिकसंग यस विषयमा टेलिफोन मार्फत सत्यतथ्य जानकारी लिदा सोमबारसम्ममा आफुले दिन बाँकी रहेको तलव दिने र समस्या समाधान गर्ने बताए ।

1 comment

  1. Roulette for beginners, roulette for beginners, and a complete
    Roulette is a very luckyclub popular game that is considered to be the most popular game in the world. The roulette wheel has the same number of numbers.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग