Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भित्रियो सन ब्राण्ड ईट्टा (अडियो कुराकानी)

Published on 2:49:00 AM //

झण्डै एक दशक देखि ईट्टा उत्पादनमा बैग्लै पहिचान बनाउँदै आएको रुपन्देहीको एक कम्पनीले बुधवारदेखि गुल्मीमा आफ्नो उत्पादनको आधिकारिक विक्री वितरण सुरु गरेको छ ।
सन ब्रिक ईण्डष्ट्रिज ( प्रा.) लि., केरवानी–५ खैरेनी रुपन्देहीले बुधवारदेखि सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी विभिन्न चार बैग्ला बेग्लै गुण स्तरका ईट्टाहरु गुल्मीमा आधिकारिक वितरण सुरु गरेको जानकारी दिएको छ । सन ब्रिक ईण्डष्ट्रिज सञ्चालक समितिका अध्यक्ष अजयमान श्रेष्ठले तम्घासको साहुटोलस्थित रेसुङ्गा ट्रेड सेन्टर मार्फत विक्री वितरण सुरु गरेको जानकारी दिए ।
सो ईट्टाको अधिकृत विक्रेता सेन्टरकी सञ्चालक विष्णु भुसालले गुणस्तरिय ईटाको माग गुल्मीमा बढ्दै गएकोले सन ब्राईण्ड ईट्टाको अधिकृत विक्रेता हुन चाहेको बताईन् । नेपाली कांग्रेस गुल्मीका युवा नेता दामोदर भुसालकी धर्म पत्नी रहेकी विष्णुले अल्ट्रा सोलर एनेर्जीको कारोवार समेत गर्दै आएकी छन् । नेता भुसालले उक्त कार्यक्रममा बोल्दै जिल्ला भित्र निर्माण हुने भौतिक संरचनाहरु गुणस्तरिय र टिकाउ होउन भन्ने उद्देश्य लिएर गुणस्तरयुक्त ईट्टा जिल्लामा भित्राउने पहल गरिएको बताए । यस अवसरमा सन ब्रिक ईण्टस्ट्रिजका सञ्चालक समिति अध्यक्ष अजयमान श्रेष्ठसंग सहकर्मी प्रेम सुनारले रेडियो कुराकानी गर्नु भएको थियो । सुनौ श्रेष्ठसँगको कुराकानी:
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग