Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अष्ट्रेलिया हिँडेका ८ नेपाली युवा इण्डोनेसियाको जेलमा

Published on 6:57:00 AM //

 काठमाडौं, फागुन १ । धेरै धन कमाउने लोभमा अष्ट्रेलिया हिँडेका ८ जना नेपालीयुवा चार महिना देखि इण्डोनेसियामा जेलसजाय भोगिरहेका छन् । दलालको प्रलोभनमा पारेर मलेसियाबाट गैरकानुनी रुपमा अवैधानिक बाटो हुँदै पानीजहाजवाट अष्ट्रेलिया जाँदै गर्दा इण्डोनेसिया प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीका सिकेन्दर यादव,सोही ठाउँका सरोज यादव, रमेश, मोरङका बुद्ध, काठमाडौंका अविनाश पटेल, कपिलवस्तुका रविन्द्र शाह, रौतहटका उमेश प्रसाद र जनकपुरका भीमबहादुर रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । मलेसियाको जोहोरबारुमा कार्यरत अवस्थामा म्यानमारकी सोनिया भन्ने एक महिला र विभिन्न नेपाली एजेण्टको सहायताले उनिहरु मलेसियावाट प्रतिव्यक्ति चार लाख तिरेर अष्ट्रेलिया जान लागेका थिए । सबैलाई इण्डोनेसियाको ताम्जुङ वलाईमा रहेको शरणार्थी क्याम्पमा राखिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग